विश्वकर्माको मुर्ति सेलाउने क्रममा डुबेर बेपता भएका युवकको शब भेटियो

4 वर्ष पहिले प्रकाशित

सप्तरी, असोज ४ गते ।

भगवान विश्वकर्माको मुर्ति सेलाउने क्रममा डुबेर बेपता भएका एक युवकको शव फेला परेको छ ।


मंगलबार बिहान सप्तरीको छिन्नमस्ता र बिष्णुपुर गाउपालिकाको बिचमा पर्ने सिमाना बरहि बिरपुर स्थित कोशि नहरमा शव फेला परेको हो ।

दुई दिन अगाडि विश्वकर्माको मुर्ति सेलाउन सप्तरीको राजविराजबाट आएको टोलिमध्ये एक जना अन्दाजि २५र३० बर्षिय युवक डुबेर बेपता भएका थिए ।


सशस्त्र प्रहरी बल नेपाल ६ न। गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काका अनुसार विगत दुई दिनदेखि सो शवको खोजि कार्य भइरहेको तर नहरमा पानिको मात्रा बढि रहेकाले फेला नपरेको तथा नहरमा पानी घटेपछि आज सो शव फेला परेको छ ।

शवलाई पोष्टमाटमसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ९ गते   जनकपुरधाम उपमहानगरपालिका–६ मा नेपाली उत्पादन जस्मिन पेन्ट..

मोनु गुप्ता  जनकपुरधाम, असार ८ गते  धनुषाको मिथिला बिहारी नगरपालिका को आर्थिक वर्ष २०८३/०८४ को १२ औँ नगरसभाको ..

राष्ट्रिय आवाज  जनकपुरधाम, असार ६ गते, शनिबार  व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न ..

दिपक श्रेष्ठ मण्डल धनुषाधाम, असार ५ गते धनुषाको धनुषाधाम नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा पूर्..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ६ गते    जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्..