विश्वकर्माको मुर्ति सेलाउने क्रममा डुबेर बेपता भएका युवकको शब भेटियो

3 वर्ष पहिले प्रकाशित

सप्तरी, असोज ४ गते ।

भगवान विश्वकर्माको मुर्ति सेलाउने क्रममा डुबेर बेपता भएका एक युवकको शव फेला परेको छ ।


मंगलबार बिहान सप्तरीको छिन्नमस्ता र बिष्णुपुर गाउपालिकाको बिचमा पर्ने सिमाना बरहि बिरपुर स्थित कोशि नहरमा शव फेला परेको हो ।

दुई दिन अगाडि विश्वकर्माको मुर्ति सेलाउन सप्तरीको राजविराजबाट आएको टोलिमध्ये एक जना अन्दाजि २५र३० बर्षिय युवक डुबेर बेपता भएका थिए ।


सशस्त्र प्रहरी बल नेपाल ६ न। गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काका अनुसार विगत दुई दिनदेखि सो शवको खोजि कार्य भइरहेको तर नहरमा पानिको मात्रा बढि रहेकाले फेला नपरेको तथा नहरमा पानी घटेपछि आज सो शव फेला परेको छ ।

शवलाई पोष्टमाटमसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..