घरायसी विवादमा श्रीमानबाटै श्रमतिकोहत्या, श्रीमान रामा प्रहरीको फन्दामा

3 वर्ष पहिले प्रकाशित

१० असोज, जनकपुरधाम । बाँस झाडीमा मृत फेला परेकी धनुषाको मिथिलाबिहारी नगरपालिका(५ ललियाकी ४५ वर्षीया जीवछी देवीको हत्या आफ्नै श्रीमानले गरेको खुलेको छ ।

हत्या आरोपमा प्रहरीले श्रीमान रामा मण्डललाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा श्रीमान् रामाले नै घरायसी विवादमा श्रीमती जीवछी देवीलाई कोदालोले हिर्काएर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए । प्रहरीले घटनामा प्रयोग भएको कोदालो पनि धानखेतबाट बरामद गरेको छ ।

रामा हाल जीवछीको किरियामा थिए । घटनाको ५ दिनपछि प्रहरीले रामालाई किरिया बसेकै अवस्थामा पक्राउ गरेको हो । उनले घरायसी विवादमा कोदालोको बीट प्रहार गरि हत्या गरेको स्वीकार गरेको र प्रहार गरेको कोदालो समेत उनको बयान अनुसार धानखेतबाट बरामद भएको डिएसपी क्षेत्रीले बताए ।

प्रहरीका अनुसार रामाका दुई छोरा छन् । २२ वर्षीय विनय मण्डल र कान्छो छोरा वर्ष २० क संजय मण्डल । कान्छो छोरा सञ्जय हाल वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् । जेठो छोरा विनय घरमै छन् । पारिवारिक ऋणको विषयलाई लिएर श्रीमान र श्रीमतीबीच विवाद हुँदै आएको प्रहरीको भनाइ छ ।

घटनाको १०र११ दिन अगाडि मृतकको दुई छोराहरु एक(आपसमा छुट्टिएका थिए । जेठो छोरा एक्लै र कान्छो छोरासँग बुबा र आमा बस्दै आएका थिए ।

४ असोजको विहान ७ बजे जीवछी देवी खेतमा मल छर्न गएकी थिइन् । श्रीमान् रामा घरबाट कोदालो र हसिया लिई भकारी बनाउनको लागि बाँसको टाटी काट्न गएका थिए ।

खेतमै उनीहरुबीच बाँकी ऋण कसरी तिर्ने भन्ने विषयमा कुराकानी भएको प्रहरीको भनाइ छ । त्यसै क्रममा विवाद हुँदा जीवछी देवीले श्रीमान रामालाई अश्लील गाली गलौज गरेको र रामाले आवेशमा कोदालोले टाउकोमा हिर्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरुको भनाइ छ ।

हत्या पश्चात शंका नलागोस भनेर रामाले श्रीमतीले लगाएको चुरा आफैं फुटाएर घटनास्थलमा यत्रतत्र छरेको, कोदालो अर्काको खेतमा फालेर भागेको खुलेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धान गर्द‌ैजाँ दा हत्या गर्न प्रयोग भएको कोदालो घटनास्थलबाट करिब ८० मिटर उत्तर पश्चिमको कुनामा खेतमा फेला परेको छ । रामामाथि थप अनुसन्धान भइरहेको डीएसपी क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..