दक्षिणी सीमा क्षेत्रमा हुने लुटपाट र दुर्व्यवहारजन्य घटना रोक्न हेल्प डेस्क सञ्चालनमा ल्याउन सहमत

3 वर्ष पहिले प्रकाशित

आश्विन १२, २०७९

काठमाडौँ — दक्षिणी सीमा क्षेत्रमा सर्वसाधारणमाथि हुने लुटपाट र दुर्व्यवहारजन्य घटना रोक्न नेपाल–भारतका सुरक्षा अधिकारी यात्रु सहायता कक्ष ९हेल्प डेस्क० सञ्चालनमा ल्याउन सहमत भएका छन् । त्यसका लागि अन्तर्राष्ट्रिय प्रवेशरप्रस्थान बिन्दुमै नेपालको सशस्त्र प्रहरी बल ९एपीएफ० र भारतीय सशस्त्र सीमा बल ९एसएसबी० ले आवश्यकताअनुसार कतै एकल र कतै संयुक्त प्रतिनिधि रहने हेल्प डेस्क सञ्चालन गर्ने भएका हुन् ।

‘सीमा सुरक्षा, व्यवस्थापन र समन्वय’ सम्बन्धी मंगलबार काठमाडौंमा सुरु छैटौं बैठकमा यस्तो समझदारी बनेको हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतीय सशस्त्र सीमा बलका प्रमुख सुजोय लाल थाउसेन तथा दुवै देशका गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि बैठकमा सहभागी छन् । पूर्वनिर्धारित एजेन्डाअनुसार नै अन्तर्राष्ट्रिय सीमा नाकामा दुवै देशका तर्फबाट हेल्प डेस्क सञ्चालन गरी सुरक्षित रूपमा आउजाउ गर्ने प्रबन्ध मिलाइने बैठकमा समझदारी बनेको हो ।
सशस्त्र प्रहरीका एक अधिकारीले दसैं, तिहार र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई समेत मध्यनजर गरेर सीमाबाट हुने आउजाउलाई व्यवस्थित र सुरक्षित बनाउन दुवै देशका सीमा सुरक्षार्थ तैनाथ निकायले हेल्प डेस्क सञ्चालन गर्ने बताए । त्यसलाई बोर्डर आउट पोस्ट ९बीओपी० तहबाट कार्यान्वयनमा लगिने उनको भनाइ छ । पहिलो दिन अन्तर्राष्ट्रिय नाकाबाट हुने आवतजावत व्यवस्थापन, सीमापार अपराध रोकथाम, आतंकवाद नियन्त्रण, दशगजामा संयुक्त सुरक्षा गस्ती, तेस्रो देशका नागरिकबाट हुन सक्ने गैरकानुनी घुसपैठ नियन्त्रणसहित विषयमा छलफल भएको छ ।

रोजगारी तथा भारतीय बजारमा किनमेल गरेर फर्किएका कतिपय नेपालीमाथि नाकामै लुटपाट हुने गरेको छ । तर, त्यस्ता घटना नियन्त्रण गर्न भारतीय सुरक्षाकर्मीले आलटाल गर्ने र मजदुररकिसानसँग भएका धनमाल सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउन सशस्त्र प्रहरीले समन्वय नगर्ने गरेका आरोप पनि लाग्दै आएको छ । सीमा बैठकमा सशस्त्र प्रहरीको बीओपी र भारतीय काउन्टरपार्ट्स एसएसबीका संयन्त्रबाटै यस्ता अपराध रोकथाम तथा नियन्त्रणमा प्रभावकारी रूपमा काम गर्ने दुवै पक्षले प्रतिबद्धता जनाएका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालयले पनि केही दिनअघि भारततर्फ सीमा क्षेत्रमा तैनाथ बीओपीलाई परिपत्र गरेर हेल्प डेस्क सञ्चालन गर्न निर्देशन दिएको छ ।

भारतसँग करिब १ हजार ८ सय ८० किमि लम्बाइको सीमा क्षेत्र रहेकामा सशस्त्र प्रहरीका २ सय २० बीओपी सीमा क्षेत्रमा तैनाथ छन् । तर, नेपालतर्फ भारतले ५ सय ३० भन्दा बढी ठाउँमा एसएसबीका युनिट खडा गरेर नेपाल आउजाउको निगरानी गर्छ । कतिपय ठाउँमा एसएसबी खटिएकै क्षेत्रमा नेपाली नागरिक लुटपाटमा पर्दासमेत दुवै देशका सुरक्षाकर्मी बेखबर जस्तै देखिने गरेका छन् । त्यस्ता घटना दोहोरिन नदिन नै द्विपक्षीय बैठककै एजेन्डामा यो विषय समेटिएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको रानी, सिरहाको माडर, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, बाँकेको जमुनाह, कपिलवस्तुको कृष्णनगर, कैलालीको गौरीफन्टा र मोहना, दार्चुलाको पुलाघाट, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी भारतसँग जोडिएका प्रमुख नाका हुन् । यसबाहेक खजुरगाछी ९झापा०, भन्टाबारी ९सुनसरी०, कुनौली ९सप्तरी०, जटही र इनर्वा ९धनुषा०, भिट्टामोड ९महोत्तरी०, मलंगवा ९सर्लाही०, बंकुल ९रौतहट०, मटिअर्वा र सिम्रौनगढ ९बारा०, त्रिवेणी ९पूर्वी नवलपरासी०, महेशपुर ९पश्चिम नवलपरासी०, तौलिहवा ९कपिलवस्तु०, कोइलाबास ९दाङ०, सुरजपुर ९बर्दिया० लगायत नाकाबाट पनि भारत हुँदै नेपाली आउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..