बाढी प्रभावित क्षेत्रमा पुगे मन्त्री गहतराज, समस्याको दीर्घकालीन समाधान खोज्ने प्रतिवद्धता

4 वर्ष पहिले प्रकाशित

२३ असोज, बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँकेका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले बाढी र डुबान प्रभावितको समस्याको दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाए ।

अविरल वर्षाका कारण आएको बाढीले पुर्याएको क्षतिबारे जानकारी लिन मन्त्री गहतराज शनिबार बाँके आइपुगेका छन् । उनले राप्तीसोनारी गाउँपालिका २ टिकुलीपुरको स्थलगल निरीक्षण गरेका छन् ।

राप्ती नदीमा आएको बाढीका कारण राप्तीसोनारी, नरैनापुर र कोहलपुरको जनजीवन नराम्रोसँग प्रभावित भएको भन्दै मन्त्री गहजतराजले राहत तथा उद्धारमा जुट्न युवाहरुलाई अपिल गरे । बाँके क्षेत्र नं। १ का सांसद समेत रहेका उनले राहत र उद्धारको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई समेत निर्देशन दिए ।

उनले बाढी प्रभावितहरुका लागि केन्द्र सरकारबाट ठोस राहत घोषणा गर्न पहल गर्ने आश्वासनसमेत दिए । डुबान समस्या समाधानका लागि दीर्घकालीन रणनीति बनाउन संसदमा लगातार कुरा उठाएको बताउँदै उनले केन्द्रीय स्तरबाटै योजना बनाएर छिट्टै समस्या समाधानको उपाय खोजिने बताए ।

राप्ती नदीको बाढीका कारण राप्ती सोनारी गाउँपालिकाका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी पस्नुका साथै धानबालीमा समेत क्षती पुगेको छ । त्यसैगरी नरैनापुरका बनिया गाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर, पचपेडवा, घोडदौरिया, पंडितपुरवा, जमुनाहालगायत धेरै बस्ती डुबानमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जितन मण्डल जनकपुरधाम, चैत १३ गते, शुक्रबार  राम नवमीको दिनमा धनुषाको शहीदनगर नगरपालिका–३ स्थित श्री जनता एकाई..

  मोनू गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, चैत १३ गते  नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको आयोजनामा जनकपुर..

राष्ट्रिय आवाज  जनकपुरधाम, चैत १३ गते शुक्रबार  सन्त निरंकारी मण्डलको आयोजनामा प्रादेशिक नारी सन्त समागम कार..

  मोनू गुप्ता  जनकपुरधाम, चैत १२ गते  बाल अधिकारको संरक्षण, प्रवर्द्धन तथा सुदृढीकरण गर्ने उद्देश्यले सञ्चा..

  अर्जुन कुमार साह  जनकपुर धाम, चैत्र ६ गते  धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवामा मुसहर समुदा..