आज कोजाग्रत पूर्णिमा, आजैदेखी दशैंलाई विदा गरिदै, लक्ष्मीको स्वागत

4 वर्ष पहिले प्रकाशित

२३ असोज, काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ ।

आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ ।

आज बेलुकी अखिल ९सबै० बलि पूर्ति नभएसम्म देवीको प्रसादको रुपमा दशैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ ।

भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जितन मण्डल जनकपुरधाम, चैत १३ गते, शुक्रबार  राम नवमीको दिनमा धनुषाको शहीदनगर नगरपालिका–३ स्थित श्री जनता एकाई..

  मोनू गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, चैत १३ गते  नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको आयोजनामा जनकपुर..

राष्ट्रिय आवाज  जनकपुरधाम, चैत १३ गते शुक्रबार  सन्त निरंकारी मण्डलको आयोजनामा प्रादेशिक नारी सन्त समागम कार..

  मोनू गुप्ता  जनकपुरधाम, चैत १२ गते  बाल अधिकारको संरक्षण, प्रवर्द्धन तथा सुदृढीकरण गर्ने उद्देश्यले सञ्चा..

  अर्जुन कुमार साह  जनकपुर धाम, चैत्र ६ गते  धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवामा मुसहर समुदा..