हिरासतमा महिलालाई यातना दिएको भन्दै मिर्चैयामा प्रदर्शन, प्रहरीद्धारा अश्रुग्यास र रबरको गोली प्रहार

3 वर्ष पहिले प्रकाशित

२०७९.७.१ सिरहा
बिनोद ठाकुर

प्रहरी हिरासतमा महिलालाई चरम यातना दिएको भन्दै सिरहाको मिर्चैयामा चक्काजाम र ढुगांमुढा भएको छ । उखुबारीमा १७ दिन पैहले मृत भेटिएकी एक बृद्धाको मृत्युको अनुसन्धान गर्ने क्रममा प्रहरी सासु र पतिलाइ पक्रेको थियो । सिरहाको मिर्चैया नगरपालिका १ रामपुर विर्ताकी करिब ३३ बर्षिया जिबछी देबी शाहलाई प्रहरीले बितेको शुक्रबार नियन्त्रणमा लिएको थियो । हिरासतमा राखैके रातीदेखी आफुलाई प्रहरीले पाइप पिटेको, भ्यालमा कपाल बाँधी पैतालामा पाइपले पिटेको जिबछीको आरोप रहेको छ । उनी अगाडी भनिन ः पाइपले मुखमा हानेर स्टिज गर्नुपर्ने अवस्था सम्म पु–याइदियो । कति पाइपले पिटेको छ त्यसको कुनै गिन्ती नै छैन । उसको शरीरको बिभिन्न भागमा पाइप र लठीले पिटेको निलडाम अझै देखिन्छ – स्थानीय गंगाराम शाहले भने । घटनाको एक दिन पैहले खेत रुंग्न गएकी गुबदी फर्केर न आएपछि त्यसको भोलिपल्ट बुहारी जिबछी र छोरी ललिता खोज्न जाँदा आफनै खेत नजदिकको उखुबारीमा लाश फेला परेको थियो । ललिताको घर पनि प्रयागपुरमै भएकोले छोरीकै घरमा बसेकी होला भनेर उनीहरु ललितालाई फोन गरेर सोध्दा गुब्दी न आएको भनेकी थिइन । त्यस पछि उनीहरु खोजीमा निस्केका थिए । १३ दिन पछि बुहारी जिबछी शुक्रबार पक्राउ परेकी थिइन । त्यही क्रममा प्रहरी चरम यातना दिएको भन्दै स्थानीय सोमबार बिहान साढे आठ बजे देखी दुइ घण्टा प्रहरी कार्यलय अगाडी टायर बालेर चक्काजाम र पत्थरबाजी गरेका थिए । यता स्थिति तनाबग्रस्त बन्न लागेपछि प्रहरीले बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिएको थियो । उक्त क्रममा प्रहरी ६ राउण्ड अश्रुग्यास र दुइ राउण्ड रबरको गोली प्रहार गरेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अर्जुन तिमल्सिनाले बताउनुभयो । प्रहरी उपरिक्षक तिमल्सिनाका अनुसार पत्थरबाजीको क्रममा असई अरुण कुमार झाको टाउको फुटनुको साथै आठ जना प्रहरी घाइते भएका छन । घटना पश्चात प्रमुख जिल्ला अधिकारी लालबाबु कबारी, प्रहरी उपरिक्षक तिमल्सिना, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख सहितको टोली विहान १० बजे मिर्चैया पुगेको थियो । मिचैया पुगेका सुरक्षा अधिकारीहरुको टोली आन्दोलनरत पक्षको प्रतिनिधि, मिर्चैया नगरपालिकाका मेयर र कर्जन्हा नगरपालिकाका मेयरसँग संयुक्त छलफल गरेपछि पाँच सदस्यीय छानबीन समिति गठन गरिएको छ । छानबीन समितिलाई आगामी तीन भित्र छानबीन प्रतिबेदन बुझाउने गरी अख्तियारी दिएको छ । समितिले बुझाउने प्रतिबेदन अनुसार घटनामा संलग्न दोषी पाइए कानुनी र विभागीय कारबाही गरिने प्रतिबद्धता गरेपछि स्थिति मत्थर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जितन मण्डल जनकपुरधाम, चैत १३ गते, शुक्रबार  राम नवमीको दिनमा धनुषाको शहीदनगर नगरपालिका–३ स्थित श्री जनता एकाई..

  मोनू गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, चैत १३ गते  नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको आयोजनामा जनकपुर..

राष्ट्रिय आवाज  जनकपुरधाम, चैत १३ गते शुक्रबार  सन्त निरंकारी मण्डलको आयोजनामा प्रादेशिक नारी सन्त समागम कार..

  मोनू गुप्ता  जनकपुरधाम, चैत १२ गते  बाल अधिकारको संरक्षण, प्रवर्द्धन तथा सुदृढीकरण गर्ने उद्देश्यले सञ्चा..

  अर्जुन कुमार साह  जनकपुर धाम, चैत्र ६ गते  धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवामा मुसहर समुदा..