साथीको परिवारले १ लाख फिरौती नदिएपछि गेष्ट हाउसमा अंशु सदाको हत्या,आइ एम ई बाट तिन जना पक्राउ

3 वर्ष पहिले प्रकाशित

कात्तिक १, २०७९
वेलकम संवाददाता

मोरङको विराटनगर महानगरपालिका–११ स्थित न्यू अप्सरा गेस्ट हाउसमा असोज २८ मा १७ वर्षीय अंशु सदाको शव भेटियो । सिरहा गोलबजार घर भएका अंशु आफ्ना दुईजना साथीहरुसँग विराटनगर गएका थिए । असोज २६ मा उनीसँगै धनुषाको कमल नगरपालिका–६ घर भएका १८ वर्षीय राकेश ठाकुर र १८ वर्षका प्रशान्त मण्डल उर्फ बिसु विराटनगर गएका हुन् ।

मृतक अंशु र अरु दुईजना साथी हुन् । विराटनगरबाट उनीहरुले अंशुको परिवारलाई फोन गरेर ‘छोरा अपहरण गरेका छौ, जिवित चाहिए १ लाख पठाउनु’ भनेका थिए । सो रकम नपठाएपछि दुईजना मिलेर उनको हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले बताए ।
अप्सरा गेस्ट हाउसको कोठामा हत्या गरेर आरोपीहरुले अंशुको शव बक्स पलङमुनि लुकाएका थिए । फोनबाट फिरौती मागेपछि पीडित परिवारले ईलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिए । कमजोर आर्थिक अवस्था भएका परिवारले छोरा फिर्ता आउने आशमा १० हजार नगद पनि पठाए । सो रकम निकाल्न जाँदा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । १० हजार रकम रिसिभ गर्नुअघि नै उनीहरुले अंशुको हत्या गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।
पक्राउ पर्नेमा अंशुका दुईजना साथीहरु धनुषाको कमला नगरपालिका–६ घर भएका १८ वर्षीय राकेश ठाकुर र १८ वर्षका प्रशान्त मण्डल उर्फ बिसु छन् । मोरङको रतुवामाई नगरपालिका–५ घर भएका २६ वर्षीय मनोज कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पीडित परिवारले पठाएको १० हजार रकम निकाल्ने बेलामा मनोजको पनि उपस्थिति देखिएको हुनाले उनलाई पनि पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । पैसा निकाल्न उनले ‘सिटि सफारी’ चढाएर आरोपीहरुलाई आइएमई सेन्टरसम्म लगेको थाहा भएको छ ।

प्रहरी स्रोतका अनुसार आरोपीहरु र मृतक लागुऔषध प्रयोगकर्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..