साथीको परिवारले १ लाख फिरौती नदिएपछि गेष्ट हाउसमा अंशु सदाको हत्या,आइ एम ई बाट तिन जना पक्राउ

4 वर्ष पहिले प्रकाशित

कात्तिक १, २०७९
वेलकम संवाददाता

मोरङको विराटनगर महानगरपालिका–११ स्थित न्यू अप्सरा गेस्ट हाउसमा असोज २८ मा १७ वर्षीय अंशु सदाको शव भेटियो । सिरहा गोलबजार घर भएका अंशु आफ्ना दुईजना साथीहरुसँग विराटनगर गएका थिए । असोज २६ मा उनीसँगै धनुषाको कमल नगरपालिका–६ घर भएका १८ वर्षीय राकेश ठाकुर र १८ वर्षका प्रशान्त मण्डल उर्फ बिसु विराटनगर गएका हुन् ।

मृतक अंशु र अरु दुईजना साथी हुन् । विराटनगरबाट उनीहरुले अंशुको परिवारलाई फोन गरेर ‘छोरा अपहरण गरेका छौ, जिवित चाहिए १ लाख पठाउनु’ भनेका थिए । सो रकम नपठाएपछि दुईजना मिलेर उनको हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले बताए ।
अप्सरा गेस्ट हाउसको कोठामा हत्या गरेर आरोपीहरुले अंशुको शव बक्स पलङमुनि लुकाएका थिए । फोनबाट फिरौती मागेपछि पीडित परिवारले ईलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिए । कमजोर आर्थिक अवस्था भएका परिवारले छोरा फिर्ता आउने आशमा १० हजार नगद पनि पठाए । सो रकम निकाल्न जाँदा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । १० हजार रकम रिसिभ गर्नुअघि नै उनीहरुले अंशुको हत्या गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।
पक्राउ पर्नेमा अंशुका दुईजना साथीहरु धनुषाको कमला नगरपालिका–६ घर भएका १८ वर्षीय राकेश ठाकुर र १८ वर्षका प्रशान्त मण्डल उर्फ बिसु छन् । मोरङको रतुवामाई नगरपालिका–५ घर भएका २६ वर्षीय मनोज कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पीडित परिवारले पठाएको १० हजार रकम निकाल्ने बेलामा मनोजको पनि उपस्थिति देखिएको हुनाले उनलाई पनि पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । पैसा निकाल्न उनले ‘सिटि सफारी’ चढाएर आरोपीहरुलाई आइएमई सेन्टरसम्म लगेको थाहा भएको छ ।

प्रहरी स्रोतका अनुसार आरोपीहरु र मृतक लागुऔषध प्रयोगकर्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ९ गते   जनकपुरधाम उपमहानगरपालिका–६ मा नेपाली उत्पादन जस्मिन पेन्ट..

मोनु गुप्ता  जनकपुरधाम, असार ८ गते  धनुषाको मिथिला बिहारी नगरपालिका को आर्थिक वर्ष २०८३/०८४ को १२ औँ नगरसभाको ..

राष्ट्रिय आवाज  जनकपुरधाम, असार ६ गते, शनिबार  व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न ..

दिपक श्रेष्ठ मण्डल धनुषाधाम, असार ५ गते धनुषाको धनुषाधाम नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा पूर्..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ६ गते    जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्..