सशस्त्रको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, ३ जना गम्भीर

4 वर्ष पहिले प्रकाशित

५ कात्तिक, बुटवल । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । तीन जना घाइते भएका छन् ।

चारनम्बर जितपुरबाट शुक्रबार राति तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ न। ट्रक बाणगंगा नगरपालिका वडा नं। ३ सिउटीमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा सशस्त्र प्रहरी हबल्दार रमेश चौधरी, सहायक हबल्दार रमेश चौधरी, जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिका(३ का २६ वर्षीय अमर संग्रामी मगरको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रवक्ता मिन बहादुर घलेले जानकारी दिए ।

घाइते भएका सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी, वरिष्ठ हबल्दार कुलबहादुर घर्ती र जवान प्रेम मल्लको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरू तीन जनाकै अवस्था चिन्ताजनक रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज, धनुषा, असोज २९ गते धनुषाको धनौजी गाउँपालिका–३ अन्तर्गत साविक झोझी कटैया à..

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..