सशस्त्रको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, ३ जना गम्भीर

3 वर्ष पहिले प्रकाशित

५ कात्तिक, बुटवल । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । तीन जना घाइते भएका छन् ।

चारनम्बर जितपुरबाट शुक्रबार राति तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ न। ट्रक बाणगंगा नगरपालिका वडा नं। ३ सिउटीमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा सशस्त्र प्रहरी हबल्दार रमेश चौधरी, सहायक हबल्दार रमेश चौधरी, जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिका(३ का २६ वर्षीय अमर संग्रामी मगरको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रवक्ता मिन बहादुर घलेले जानकारी दिए ।

घाइते भएका सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी, वरिष्ठ हबल्दार कुलबहादुर घर्ती र जवान प्रेम मल्लको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरू तीन जनाकै अवस्था चिन्ताजनक रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, साउन ७ गते   रौतहट,मौलापुर नगरपालिकामा सडक स्तरोन्नतिको काम अगाडि बढिरहेको छ। यही क्रममा नग..

इन्द्र भुषण यादब  जनकपुरधाम, साउन ६ गते    महिलाहरूले आफ्नो हातमा हरिया पहेँला चुरा, मेहेन्दी र त्यही अनुसार ..

  इन्द्र भुषण यादब जनकपुरधाम, साउन २ गते    प्रचण्ड गर्मी र खडेरी बाट पहिले नै समस्यामा पारेका धनुषाका किसानह..

  राष्ट्रिय आवाज सप्तरी, असार २९ गते  सप्तरीको बोदे बरसाईनमा संघीय हिन्दू गणतंत्र स्थापनाका विषयमा आयोजित वि..

  राष्ट्रिय आवाज  जनकपुरधाम, असार २९ गते  तराईका विभिन्न जिल्लाहरू— वीरगंज महानगर, जनकपुर उपमहानगरपालिका, ..