मोटरसाइकलको ठक्करबाट वीरगञ्जमा एक युवकको मृत्यु

3 वर्ष पहिले प्रकाशित

८ कात्तिक, वीरगञ्ज । पर्सामा आज बिहान भएको सवारी एक युवकको मृत्यु भएको छ ।

मंगलबार बिहान साढे २ बजे वीरगञ्ज–८ पानीट्याङकी स्थित सडकमा ना ४६ प ३२९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ स्थायी घर भई वीरगञ्ज – ८ मा डेरा गरी बस्ने १९ वर्षीय अनुप राईको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएर राई गम्भीर घाइते भएका थिए ।

टाउको र खुट्टामा गम्भीर चोट लागेको अवस्थामा उनलाई नेशनल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । अस्पतालमा उपचारको क्रममा बिहान ४ बजे चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

मोटरसाइकल तीव्र गतिमा गुडाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, साउन ७ गते   रौतहट,मौलापुर नगरपालिकामा सडक स्तरोन्नतिको काम अगाडि बढिरहेको छ। यही क्रममा नग..

इन्द्र भुषण यादब  जनकपुरधाम, साउन ६ गते    महिलाहरूले आफ्नो हातमा हरिया पहेँला चुरा, मेहेन्दी र त्यही अनुसार ..

  इन्द्र भुषण यादब जनकपुरधाम, साउन २ गते    प्रचण्ड गर्मी र खडेरी बाट पहिले नै समस्यामा पारेका धनुषाका किसानह..

  राष्ट्रिय आवाज सप्तरी, असार २९ गते  सप्तरीको बोदे बरसाईनमा संघीय हिन्दू गणतंत्र स्थापनाका विषयमा आयोजित वि..

  राष्ट्रिय आवाज  जनकपुरधाम, असार २९ गते  तराईका विभिन्न जिल्लाहरू— वीरगंज महानगर, जनकपुर उपमहानगरपालिका, ..