म्यादी प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

4 वर्ष पहिले प्रकाशित

८ कात्तिक, वीरगञ्ज । पर्सामा सवारी दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिन्दबासिनी गाउँपालिका वडा नं।२ बस्ने ६० वर्षीय सरस्वती देवी कुर्मीको मृत्यु भएको हो ।

असोज ५ गते बिहान ०७स्१७ बजे पर्सा सखुवाप्रसौनी गा।पा। वडा नं। ५ बस्ने ३५ वर्षीय ललन प्रसाद यादवले चलाएको ना।१३प३५४४ नं। को मोटरसाइकलले ठक्करबाट कुर्मी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारार्थ कलैया अस्पताल लगेर प्राथमिक उपचार गरिएको थियो ।
थप उपचारको लागि साढे ८ बजे एल।एस।न्युरो अस्पतालमा रिफर गरिएको थियो । उपचारको क्रममा उनको सोमबार अपराह्न पौनै ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

यादव मंसिर(४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि छनौट भएको म्यादी प्रहरी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज, धनुषा, असोज २९ गते धनुषाको धनौजी गाउँपालिका–३ अन्तर्गत साविक झोझी कटैया à..

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..