आज देशभर गाईतिहार मनाइँदै

4 वर्ष पहिले प्रकाशित

कार्तिक ८, २०७९
बिनोद ठाकुर
सिरहा — यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज मंगलबार सिरहा सहित देशका विभिन्न स्थानमा गाईको पूजा गर्नेको भीड लागेको छ । पूजाआजा गरी गाईलाई मीठो खानेकुरा खान दिएर यो पर्व मनाउने चलन छ ।
सिरहाको मिर्चैया बजार लगायत ग्रामीण भेगमा समेत गाईपालनमा कमी आएपछि गाई खोज्दै पूजा गर्न हिँड्नु परेको स्थानीयहरुको भनाई छ ।
कतिपय स्थानमा गाई नै पाल्न छाडेका छन् भने बजार क्षेत्रमा छाडिएका गाईसमेत बाँधेर पूजा गरेका छन् ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिने गरेको पण्डितहरुको कथन छ । उनीहरुले गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने बताए ।

धार्मिक मान्यताअनुसार गाईलाई गौमाताका रूपमा सम्मान पनि गरिन्छ । आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहेको छ। जर्सी गाई दूधका लागि आयात गर्ने चलन बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ९ गते   जनकपुरधाम उपमहानगरपालिका–६ मा नेपाली उत्पादन जस्मिन पेन्ट..

मोनु गुप्ता  जनकपुरधाम, असार ८ गते  धनुषाको मिथिला बिहारी नगरपालिका को आर्थिक वर्ष २०८३/०८४ को १२ औँ नगरसभाको ..

राष्ट्रिय आवाज  जनकपुरधाम, असार ६ गते, शनिबार  व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न ..

दिपक श्रेष्ठ मण्डल धनुषाधाम, असार ५ गते धनुषाको धनुषाधाम नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा पूर्..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ६ गते    जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्..