सप्तरी क्षेत्र नं ३ मा चौधरी र यादवबीच मुख्य प्रतिस्पर्धा

4 वर्ष पहिले प्रकाशित

सप्तरी, कात्तिक ८ गते । सप्तरीको क्षेत्र नं। ३ मा एमाले–जसपाका साझा उम्मेदवार ताराकान्त चौधरी र पाँच दलीय गठबन्धनका उम्मेदवार दिनेशकुमारयादवबीच प्रतिस्पर्धा हुने देखिएको छ । चौधरी एमालेको तर्फबाट उम्मेदवारी दिनुभएको छ भने यादव नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुनुहुन्छ ।

यस क्षेत्रबाट जनमत पार्टीका तर्फबाट पूर्वमन्त्री अनीश अन्सारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका गंगाराम ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार साह, राप्रपा नेपालका शिवेश्वर यादव, नेमकिपाका मकवुल मियाँ, नेपाली जनता दलका रामबाबु रजक, नेपाल सङ्घीय समाजवादी पार्टीका सिताराम खंग, नेकपाका अचमितलाल चौधरी र हाम्रो नेपाल पार्टीका नवीनकुमार मण्डल उम्मेदवार हुनुहुन्छ ।

यस्तै स्वतन्त्रबाट सीताराम मण्डल, रामचन्द्र साह, सुरेन्द्र यादव, महेन्द्र साह, दीपेन्द्रकुमार साह र श्रीकान्त राउत समेत गरी १८ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस क्षेत्रमा डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, रुपनी गाउँपालिका, विष्णुपुर गाउँपालिका र राजगढ गाउँपालिका गरी ५ पालिका पर्छन् ।

हालै सम्पन्न स्थानीयतह निर्वाचनमा एमालेले २, जसपा, लोसपा र एकीकृत समाजवादी पार्टीले १–१ प्रमुख पदमा जित हासिल गरेका थिए । यस क्षेत्रमा ५४ हजार ८ सय ३६ पुरुष, ५० हजार ५० महिला र अन्य ६ हजार गरी कुल १ लाख ४ हजार ८ सय ९२ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज, धनुषा, असोज २९ गते धनुषाको धनौजी गाउँपालिका–३ अन्तर्गत साविक झोझी कटैया à..

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..