मिचैयामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो भने अर्का एक जना गम्भिर घाइते

3 वर्ष पहिले प्रकाशित

९ कार्तिक २०७९
मिर्चैया, बिनोद ठाकर
सिरहाको मिर्चैयामा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भिर घाइते भएका छन । आज मिर्चैया नगरपालिका वार्ड नम्बर ५ मा मोटरसाइकल दुर्घटना भएको हो । दिउँसो करीब २ बजे भएको उक्त मोटरसाइकल दुर्घटनामा परी जितेन्द्र शाहको घटनास्थलमै मृत्यु भएको छ । स.८ प. ३४०५ नम्बरको कालो पल्सरको गाडी कल्याणपुर जाने बाटोमा दुर्घटना हुँदा मिर्चैया नगरपालिका वार्ड नम्बर ६ को रामेश्वर शाहको १९ वर्षिय छोरा जितेन्द्रके ज्यान गएको हो । त्यही मोटरसाइकलमा पछाडी बसेका लालबाबु शाहको १९ वर्षिय छोरा समा्रट शाह गम्भिर घाइते भएका छन । गम्भिर घाइते शाहलाइ स्थानीय मंगलम होस्पिटलमा उपचार सम्भव नभएपछि बिराटनगर रेफर गरिएको छ । सोही मोटरसाइकलमा सवार मिर्चैया नगरपालिका ५ बस्ने राजेन्द्र मण्डलका छोरा रोशन मण्डल घटनापछि फरार रहेका छन । उत्तरबाट दक्षिण जादै गरेको टिभिएस प्रदेश ०२ को ००१ प को १६८२ नम्बरको मोटरसाइकलमा समेत ठोकिएको थियो । उक्त गाडीमा सवार तीन जना नवीन कुमार महासेठ, अनिता देबी शाह र ४१ व्र्षिय ललिता देबी महासेठ समान्य घाइते भएका छन । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप विविरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..