सिरहामा दुई छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

3 वर्ष पहिले प्रकाशित

कार्तिक १०, २०७९
बिनोद ठाकुर

सिरहा — सिरहामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी बुधबार राति तीन जनाको मृत्यु भएको छ ।

छठ पर्वको लागि कल्याणपुर बजारतर्फ केरा बिक्रीका लागि लैजाँदै गर्दा सिरहाको पर्चिलवामा नम्बर मेटिएको ट्रयाक्टर पल्टिँदा चालक कल्याणपुर नगरपालिका–४ का छेदुवा गोइत र केरा धनी सोही नगरपालिका–११ का दुखिया साहको मृत्यु भएको छ । बुधबार राति ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा च्यापिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, सिरहाको मिर्चैया नगरपालिका–५ मा बुधबार साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा मिर्चैया नगरपालिका–६ का १९ वर्षीय जितेन्द्र साहको मृत्यु भएको छ । दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका साहलाई तत्काल स्थानीय मंगलम अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषण गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार १६ वर्षीय सम्राट साह गम्भीर घाइते भएका छन् । घाँटी र टाउकोमा चोट लागेका उनलाई थप उपचारका लागि विराटनगर लगिएको छ । स। ८ प ३४०५ र प्र।२–०१ ००१ प १६८२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।

प्र।२–०१ ००१ प १६८२ नम्बरको मोटरसाइकलमा सवार सिरहा कल्याणपुर नगरपालिका–७ भोक्राहाका ४२ वर्षीया अनिता देवी साह, मिर्चैया–१ की ४४ वर्षीया ललिता देवी महासेठ घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..