रौतहटको कटरियामा लुटपाट, घटनास्थलबाट हतियार बरामद

3 वर्ष पहिले प्रकाशित

कात्तिक १०, २०७९
संवाददाता
रौतहटको कटहरिया बजारमा गएराति एकघरमा लुटपाट भएको छ । लुटेरा समूहले छाडेर गएको एक थान हतियार घटनास्थलबाट प्रहरीले बरामद गरेको छ।
घटनास्थल ईलाका प्रहरी कार्यालय कटहरियाबाट मात्र दुईसय मिटर टाढा रहेको छ । ५ जना अज्ञात हतियारधारी समूह गएराति १ बजे कटहरिया ५ गाउँका रामचन्द्र साह सोनारमा लुछपाट गरेको थियो ।

लुटेरा समूह घरको पछाडि वालमा फलामको सिढी लगाएर भित्र प्रवेश गरेका थिए । उनीहरुले विभिन्न गहना, नगद र केही कपाली तमसुक समेत लुटेको पीडित रामचन्द्र साहले बताएका छन् । तलको कोठाबाट लुटपाट पछि तीनजनाको संख्यामा रहेका लुटेरा समूह दोस्रोतल्लामा प्रवेश गरेका थिए । दोस्रो तल्लाको कोठामा सुतिरहेका साहका नाति २५ वर्षिय विवेक साहको निन्द्रा खुलेपछि कोहो भनि कराउँदा लुटेरा समूहभागेको थियो ।

घटनालगत्तै बिहान साढे दुईबजे ईलाका प्रहरी कार्यालय कटहरिया र गरुडीबाट आएको प्रहरी टोलीले लोड अवस्थामा एउटा घरेलु हतियार थ्रीफिप्टिन पेस्तोल बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण कुमार सिंहले घटनास्थलबाट प्रहरीले हतियार बरामद गरेको पुष्टि गर्दै घटना बारे थप अनुसन्धान भैरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..