महोत्तरीको पररिया घटनामा संलग्न समुदाय र स्थानीय प्रशासनबीच ८ बुँदे सहमति

4 वर्ष पहिले प्रकाशित

११ कात्तिक, सिरहा। महोत्तरीको भँगाहा नगरपालिका–८ पररियामा बिहीबार भएको झडपमा संलग्न समुदाय र स्थानीय प्रशासनबीच ८ बुँदे सहमति भएको छ ।

पररियामा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपमा १५ जना भन्दा धेरै घाइते भएपछि बिहीबार ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।
आज बिहान जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि ८ बुँदे सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।

जसमा असमझदारी र झडपको स्थितिलाई नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न घटनामा सम्बद्ध दुबै पक्षलाई र आम नागरिकलाई आह्वान गर्ने सहमति भएको छ ।

घटनामा भएको धनजनको क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिको लागि सिफारिस गर्न टोली गठन गर्ने, घाइतेको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अनुरोध गर्ने सहमति पनि भएको छ ।

त्यस्तै घटनाको छानबिनका लागि उच्चस्तरीय टोली गठन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने, घटनामा संलग्न दोषी पत्ता लगाई कानुनी प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ ।

पररिया क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न र्‍याली निकाल्ने, दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने पनि सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज, धनुषा, असोज २९ गते धनुषाको धनौजी गाउँपालिका–३ अन्तर्गत साविक झोझी कटैया à..

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..