प्रधानमन्त्री कप क्रिकेटको लागी अनिल साहको कप्तानीमा मधेश प्रदेशको टिम घोषणा

4 वर्ष पहिले प्रकाशित

११ कात्तिक, काठमाडौं । कात्तिक १३ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशले टोली घोषणा गरेको छ ।

मधेशले आज हरिशंकर साहको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको हो । यसअघि विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएका अनिल साह पनि मधेसको टोलीमा समावेश भएका छन् । अनिल पुलिस छाड्दै प्रदेशको छनोट प्रतियोगिता खेल्न गएका थिए ।

चोटका कारण नवौं राष्ट्रिय खेलकुद गुमाएका विवेक यादव पनि टिममा फर्किएका छन् । यस्तै टिममा चार वैकल्पिक खेलाडी समेत राखिएको छ ।

सुनिल साह मुख्य प्रशिक्षक रहेको टिममा राष्ट्रिय टिमका पूर्व अलराउण्डर मेहबुब आलम मेन्टरका रुपमा छन् ।

समूह बीमा रहेको मधेश प्रदेशले कात्तिक १७ गते पहिलो खेल प्रदेश १ विरुद्ध मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । यस समूहमा नेपाल पुलिस क्लब, बागमती र लुम्बिनी प्रदेश पनि छन् ।

१० टोली सहभागी प्रतियोगिताको समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ ।

मधेशको टोलीमा हरिशंकर साह कप्तान, विवेक यादव, सन्तोष कार्की, अनिलकुमार साह (विकेटकिपर), रतन रौनक, दब्लु मलिक, इमरान शेख, रोहन बिक, विशाल पटेल, रुपेश सिंह,राजेश यादव, मोहम्मद आदिल आलम, विशाल सुसिङ, प्रदिप पासवान रहेका छन ।

बैकल्पिक खेलाडीमा राकेश कमत, अविशेख तिवारी, अजय यादव, संसद अन्सारी रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज, धनुषा, असोज २९ गते धनुषाको धनौजी गाउँपालिका–३ अन्तर्गत साविक झोझी कटैया à..

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..