चुनाव प्रचारमा प्रयोग गरेको भन्दै सांसद चढेको गाडी प्रहरीको नियन्त्रणमा

3 वर्ष पहिले प्रकाशित

कात्तिक २१, २०७९
वेलकम संवाददाता

बारा निर्वाचन क्षेत्र नं ४ ९क० का निवर्तमान प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा चढेको सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी गाडी प्रयोग गरेर निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा हिँडेको गुनासो आएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।
स्थानीय प्रशासनको आदेशमा इलाका प्रहरी कार्यालय सिमराको टोलीले विश्वकर्मा चढेको गाडी औराहास्थित उनको घरबाट शुक्रबार नियन्त्रणमा लिएका हो । निवर्तमान प्रदेशसभा सदस्य विकले नेकपा एकीकृत समाजवादी पार्टीको मधेस प्रदेशको प्रमुख सचेतक हुँदा सुविधास्वरुप सरकारी गाडी सुविधा पाएका थिए । तर, विकले प्रदेशसभा सदस्यको कार्यकाल सकिनासाथ नेकपा एमाले प्रवेश गरेपनि गाडीको सुविधा भने प्रयोग गर्दै आएका थिए ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका प्रमुख पर्शु पोखरेलले निवर्तमान प्रदेशसभा सदस्य विकले सरकारी गाडी एमालेको चुनाव प्रचार प्रसारमा प्रयोग भइरहेको भन्ने गुनासो आएकाले स्थानीय प्रशासनमार्फत गाडी नियन्त्रणमा लिइसकेको बताएका । विकले १ वर्षअघि एकीकृत समाजवादीमा रहँदा देखि २–०२ ००१ झ ००८८ नम्बरको सरकारी स्कारपिओ गाडी प्रयोग गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..