प्रचण्ड पत्नी सीताको स्वास्थ्य जटिल, नन् इन्भेसिभ भेन्टिलेटरमा उपचार हुँदै

4 वर्ष पहिले प्रकाशित

२०७९ कात्तिक २१

२१ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको छ ।

स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी सीतालाई नन् इन्भेसिभ भेन्टिलेटर ९एनआईभी०मा राखिएको छ । ‘अवस्था गम्भीर भएर शनिबार अस्पताल भर्ना गरिएको हो,’ अस्पताल स्रोतले भन्यो, नन् इन्भेसिभ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।’

गत सोमबारमात्र अस्पतालमा १६ दिन लामो उपचार गराएर सीतालाई घर लगिएको थियो । ‘पछिल्लो पटक अस्पताल भर्ना भएदेखि नै स्वास्थ्य अवस्था झन्(झन् गम्भीर बन्दै गएको छ । तर, अहिले नै आशा मारिहाल्नुपर्ने अवस्था भने छैन,’ अस्पताल स्रोतले भन्यो ।

सीताको स्वास्थ्यमा छिन(छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा उपचार गरिरहेको छ ।

सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।०’ बाट पीडित छिन् । चिकित्सकका अनुसार पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो ।

सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् । उनको अहिले मेडिसिटीमा वरिष्ठ न्युरो रोग विशेषज्ञ डा। बाबुराम पोखरेलको नेतृत्वमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय अवाज  जनकपुरधाम, भदौ १५ गते   रसुवाको बाढी प्रभावित क्षेत्रमा कतारमा रहेको गल्फ समाज सेवा संस्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ १५ गते    मधेश प्रदेशका हरवा–चरवा समुदायले आफ्ना दुई बुँदे माग तत्काल स..

  मोनु गुप्ता/राष्ट्रिय अवाज जनकपुर धाम,भाद्र १५ गते  रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ..

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..