इण्डोनेसियाली खाना : जडीबुटी र मसलायुक्त भिन्न भोजन संस्कृति

5 वर्ष पहिले प्रकाशित

इन्डोनेसिया विश्वको दोस्रो सबैभन्दा ठूलो जैविक विविधताले युक्त देश हो । यसमा केही ठूला टापु र सयौं साना टापुहरू छन् । देशको माटो र जलवायुका कारणले कृषि बालीनाली र पशुहरूको उत्पादनमा ल्याएको विविधतासँगै यहाँको खाद्य संस्कारमा पनि आफ्नै किसिमको विविधता पाइन्छ । इन्डोनेसियामा ९३१ आदिवासी समूह छन् भने ९०० भन्दा धेरै खानाका मौलिक परिकारहरू छन् । इन्डोनेसियामा भौगोलिक र सांस्कृतिक विविधताका कारण केही यस्ता अनौंठा व्यञ्जनहरू पनि बन्ने गर्छ जुन अन्यत्रभन्दा पूर्ण रूपमा फरक छन् ।

इण्डोनेसियाको  पर्यटन र रचनात्मक अर्थव्यवस्था मन्त्रालयको २०१२को एक रिपोर्ट अनुसार इण्डोनेसियामा ३० किसिमका परम्परागत खाद्य संस्कार छन् । योग्यकर्त्ता सुप्रसिद्ध इन्डोनेसियाली पाक संस्कृतिको केन्द्र हो । यस अध्ययनमा योग्यकर्त्ताले जाभानी परम्परागत खाद्य पदार्थ र संस्कृतिको एक प्रतिनिधिको रूपमा भूमिका खेलेको देखाएको छ । योग्यकर्ता इन्डोनेसियाको जाभा टापुमा अवस्थित सहर हो। यो सहर शिक्षा, परम्परागत जाभाली ललित कला तथा बतिक, ब्याले, नाटक, सङ्गीत, साहित्य र पपेट सो जस्ता सांस्कृतिक परम्पराहरूका लागि प्रख्यात छ।

क्षेत्रीयताको हिसाबले इण्डोनेसियाली खानालाई इण्डोनेसियाको पश्चिमी भेगमा पाइने खाद्य परिकार, इण्डोनेसियाको मध्य भागमा रहेको खाद्य संस्कार र पूर्वी इण्डोनेसियाको खाद्य संस्कारको रूपमा व्याख्या गर्ने गरिन्छ ।

पश्चिमी इण्डोनेसियामा रहेको सुमात्रा, जाभा जस्ता क्षेत्रमा भोल्क्यानोइज, गोमांश, कुखुरा र अन्य मासुबाट बन्ने परिकारहरू बढी चर्चित छन् भने मध्यभागमा चामलबाट बन्ने परिकार र माछाजन्य परिकार बढी चर्चित छ भने पूर्वी भागमा मकै र कासावालाई मुख्य खानाको रूपमा मान्ने गरिन्छ ।

परम्परागत जाभानी खानाहरू स्थानीय सामग्रीबाट बनेका हुन्छन् जुन कम चिल्लो, बढी फाइबर र मध्यम वनस्पति प्रोटिन र कार्बोहाइड्रेट युक्त तत्वहरू समावेश हुन्छ । यी आहार पूर्ण पौष्टिकता युक्त परिकारहरू हुन्छन् । प्रायः स्थानीय मानिसहरूले नियमित रुपमा जामु, हर्बल पेय पदार्थ पिउँछन् जुन उनीहरूको स्वस्थ बानीको एक अंग बनेको छ। त्यहाँ धेरै सरकारी नीतिहरू छन् जसले परम्परागत र स्थानीयको प्रयोगलाई प्रोत्साहित गरेको छ र यस क्षेत्रमा आहार विविधीकरणलाई बढावा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..