मिर्चैया नगरपालिकाद्धारा लैगिक हिंसा विरुद्धको कार्यक्रम सम्पन्न

3 वर्ष पहिले प्रकाशित

मगंसिर २०,
बिनोद ठाकुर

लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सिरहाको मिर्चैया नगरपालिकाले पनि आज एक सचेतनामुलक कार्यक्रम गरी मनाएको छ ।
सभ्य समाजको पहिचान, लैगिंक हिंसा विरुद्धको अभियान नारा सहित नगरपालिकाबाट शुरु गरिएको उक्त कार्यक्रम नगरपालिकाको बिभिन्न भाग परिक्रमा गर्दै मोहन मा.वि अगाडि पुगी कार्यक्रम सम्पन्न भएको थियो ।
हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाउने गरेको अवसरमा आज मिर्चैया नगरपालिकाले बिभिन्न सचेतनामुलक कार्यक्रम गरी सम्पन्न गरेको हो । नगरपालिकाकी उपमेयर जिबछी देबी शाहको अध्यक्ष्तामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अथिति नगर प्रमुख श्रवण कुमार यादबले आफनो मन्तव्य राखनुभएको थियो ।

त्यस्तै विशिष्ट अथितिमा मिर्चैया नगरपालिकाको मेडिकल सुपरिडेन्टेन्ट डा सरिका गोइत, नगरपालिकाका प्रशासन शाखा प्रमुख जीत कुमार शाह लगायत बिभिन्न सरकारी तथा गैर सरकारी स्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । मिर्चैया नगष्रपालिकाको आयोजनामा गरिएको उक्त कार्यक्रममा संतोषी यादबले सहजीकरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..