प्रहरी हुँ भन्दै अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

3 वर्ष पहिले प्रकाशित

रासस
अर्घाखाँची, मंसिर २४

अर्घाखाँचीमा ुहामी सादा पोशाकमा खटिएका प्रहरी हौुं भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका–५ बागीका २० वर्षीय दीपक केसी रहेको प्रहरी नायब उपरीक्षक मुकुन्द भण्डारीले बताए।

उनीहरूले सन्धिखर्क नगरपालिका बसपार्क क्षेत्रमा ुहामी नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरी हौुं भन्दै मादक पदार्थ सेवन गरी बसपार्क वरपरका होटल तथा पसल लगायतमा जाँच गर्ने, स्थानीय व्यक्तिहरूलाई डर, त्रासमा पारी गालीगलौज तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरूले उल्टै प्रहरीमाथि हातपात, गालीगलौज तथा अभद्र व्यवहार गरेका थिए। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, साउन ७ गते   रौतहट,मौलापुर नगरपालिकामा सडक स्तरोन्नतिको काम अगाडि बढिरहेको छ। यही क्रममा नग..

इन्द्र भुषण यादब  जनकपुरधाम, साउन ६ गते    महिलाहरूले आफ्नो हातमा हरिया पहेँला चुरा, मेहेन्दी र त्यही अनुसार ..

  इन्द्र भुषण यादब जनकपुरधाम, साउन २ गते    प्रचण्ड गर्मी र खडेरी बाट पहिले नै समस्यामा पारेका धनुषाका किसानह..

  राष्ट्रिय आवाज सप्तरी, असार २९ गते  सप्तरीको बोदे बरसाईनमा संघीय हिन्दू गणतंत्र स्थापनाका विषयमा आयोजित वि..

  राष्ट्रिय आवाज  जनकपुरधाम, असार २९ गते  तराईका विभिन्न जिल्लाहरू— वीरगंज महानगर, जनकपुर उपमहानगरपालिका, ..