बलात्कार प्रयास गरेको आरोपमा २ जना पक्राउ

3 वर्ष पहिले प्रकाशित

२३ पुस, काठमाडौं । रुपन्देहीमा सुस्त मनस्थिति भएकी महिला र १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् ।

शारीरिक रुपमा अपांगता भएकी र सुस्त मनस्थितीकी २३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा कञ्चन गाउँपालिका–३ का ३० वर्षीय राजेन्द्र अधिकारी पक्राउ परेका हुन् ।

उनले यही पुस २१ गते साँझको समयमा ती महिला घरमा एक्लै भएको बेला शौचालयमा लगी जबरजस्ती करणी गर्न खोजेको आरोप छ ।

अधिकारीविरुद्ध जबरजस्ती करणी कसुरअन्तरगत अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लालझण्डीले जनाएको छ । यस्तै, १५ वर्षीया बालिकालाई करणी गर्न खोजेको आरोपमा सैनामैनाका २५ वर्षीय मधु सोमरे पक्राउ परेका छन् । बालिका घरमा एक्लै भएको बेलामा मधुले आगो ताप्ने बहानामा जबरजस्ती करणी गर्न खोजेको प्रहरीले जनाएको छ । उनीविरुद्ध जवरजस्ती करणी उद्योग कसुरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..