नेपाल रेडक्रस सोसाइटी उपशाखा कल्याणपुरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

3 वर्ष पहिले प्रकाशित

पौष २५, सिरहा
बिनोद ठाकुर
नेपाल रेडक्रस सोसाइटी उपशाखा कल्याणपुरको आज छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उपशाखा कल्याणपुरको प्राँगनमा सम्पन्न भएको उक्त कार्यक्रममा रेडक्रस सोसाइटीको बारेमा चर्चा गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा कल्याणपुरको सचिब शिबकुमार शाहद्धारा संचालन गरिएको वार्षिक साधारण सभा कार्यक्रममा कल्याणपुर नगरपालिकाकी उपमेयर रेखा देबी यादबले दीप प्रज्जवलन गर्नुभएको थियो । त्यस्तै दुखी प्रसाद शाहको आजीवन सदस्यको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । जोन हेनरी डी ले उत्पादन गरेको रेडक्रस सोसाइटी अहिेले आजकै दिन विश्वभर मनाउने गरिन्छ ।

उक्त साधारण सभामा सोसाइटीका सभापति रामनारायण शाहले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । सोसाइटीको एम्बुलेन्सबाट एक वर्षमा ६ लाख ७ हजार १ सय चार रुपैया बैंक मौज्दात रहेको उहाँले जानकारी गरउनुभयो । त्यस्तै यो अर्थिक वर्षमा थप १ लाख ५० हजार आम्दानी भई जम्मा ७ लाख ५७ हजार १ सय चार रुपैया सोसाइटीको नाममा रहेको जानकारी दिनुभयो ।

उक्त वार्षिक साधारण सभा कार्यक्रममा नगरपालिकाकी उपप्रमुख रेखा देबी यादब, पुर्वप्रधानाध्यापकहरु, सोसाइटीका पदाधिकारीहरु, नेकपा एमालेका बैजनाथ शाह लगायत संचारकर्मी र स्थानीयहरुको उपस्थिति रहेको थियो । वि.संं २०५४ सालमा स्थापना भएको रेडक्रस उपशाखा कल्याणपुरको पहिलोचोटी साधारण सभा गर्न पाएकोमा आफु एकदमै हर्षित भएको र आगामी दिनमा पनि हरेक वर्षमा साधारण सभा गरिने सभापति रामनारायण शाहले प््तिबद्धता ब्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जितन मण्डल जनकपुरधाम, चैत १३ गते, शुक्रबार  राम नवमीको दिनमा धनुषाको शहीदनगर नगरपालिका–३ स्थित श्री जनता एकाई..

  मोनू गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, चैत १३ गते  नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको आयोजनामा जनकपुर..

राष्ट्रिय आवाज  जनकपुरधाम, चैत १३ गते शुक्रबार  सन्त निरंकारी मण्डलको आयोजनामा प्रादेशिक नारी सन्त समागम कार..

  मोनू गुप्ता  जनकपुरधाम, चैत १२ गते  बाल अधिकारको संरक्षण, प्रवर्द्धन तथा सुदृढीकरण गर्ने उद्देश्यले सञ्चा..

  अर्जुन कुमार साह  जनकपुर धाम, चैत्र ६ गते  धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवामा मुसहर समुदा..