नेपाल रेडक्रस सोसाइटी उपशाखा कल्याणपुरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

3 वर्ष पहिले प्रकाशित

पौष २५, सिरहा
बिनोद ठाकुर
नेपाल रेडक्रस सोसाइटी उपशाखा कल्याणपुरको आज छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उपशाखा कल्याणपुरको प्राँगनमा सम्पन्न भएको उक्त कार्यक्रममा रेडक्रस सोसाइटीको बारेमा चर्चा गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा कल्याणपुरको सचिब शिबकुमार शाहद्धारा संचालन गरिएको वार्षिक साधारण सभा कार्यक्रममा कल्याणपुर नगरपालिकाकी उपमेयर रेखा देबी यादबले दीप प्रज्जवलन गर्नुभएको थियो । त्यस्तै दुखी प्रसाद शाहको आजीवन सदस्यको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । जोन हेनरी डी ले उत्पादन गरेको रेडक्रस सोसाइटी अहिेले आजकै दिन विश्वभर मनाउने गरिन्छ ।

उक्त साधारण सभामा सोसाइटीका सभापति रामनारायण शाहले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । सोसाइटीको एम्बुलेन्सबाट एक वर्षमा ६ लाख ७ हजार १ सय चार रुपैया बैंक मौज्दात रहेको उहाँले जानकारी गरउनुभयो । त्यस्तै यो अर्थिक वर्षमा थप १ लाख ५० हजार आम्दानी भई जम्मा ७ लाख ५७ हजार १ सय चार रुपैया सोसाइटीको नाममा रहेको जानकारी दिनुभयो ।

उक्त वार्षिक साधारण सभा कार्यक्रममा नगरपालिकाकी उपप्रमुख रेखा देबी यादब, पुर्वप्रधानाध्यापकहरु, सोसाइटीका पदाधिकारीहरु, नेकपा एमालेका बैजनाथ शाह लगायत संचारकर्मी र स्थानीयहरुको उपस्थिति रहेको थियो । वि.संं २०५४ सालमा स्थापना भएको रेडक्रस उपशाखा कल्याणपुरको पहिलोचोटी साधारण सभा गर्न पाएकोमा आफु एकदमै हर्षित भएको र आगामी दिनमा पनि हरेक वर्षमा साधारण सभा गरिने सभापति रामनारायण शाहले प््तिबद्धता ब्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..