डेढ लाख घुस, साढे ९ लाख बरामद

3 वर्ष पहिले प्रकाशित

१० माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका प्रमुख पूर्णप्रसाद चुडाललाई साढे ९ लाख रुपैयाँसहित पक्राउ गरेको छ ।

बरामद रकममध्ये डेढ लाख रुपैयाँ घुस हो भने बाँकी ८ लाख रुपैयाँलाई अख्तियारले ‘स्रोत नखुलेको नगद’ भनेको छ । चुडाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय, आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख प्रबन्धक हुन् ।

उनले टर्मिनलसम्म आवतजावत गर्न पास उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए । त्यही सूचनाको आधारमा अख्तियारले उनलाई पक्राउ गर्दा घुस र बाँकी अरु रकम बरामद भएको हो । बाँकी रकम उनको कार्यकक्षमा रहेको स्टिलको दराजबाट बरामद भएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  इन्द्र भुषण यादब जनकपुरधाम, साउन २ गते    प्रचण्ड गर्मी र खडेरी बाट पहिले नै समस्यामा पारेका धनुषाका किसानह..

  राष्ट्रिय आवाज सप्तरी, असार २९ गते  सप्तरीको बोदे बरसाईनमा संघीय हिन्दू गणतंत्र स्थापनाका विषयमा आयोजित वि..

  राष्ट्रिय आवाज  जनकपुरधाम, असार २९ गते  तराईका विभिन्न जिल्लाहरू— वीरगंज महानगर, जनकपुर उपमहानगरपालिका, ..

  राष्ट्रिय आवाज जनकपुरधाम, असार २५गते    धार्मिक आस्था, ऐतिहासिक गौरव र सांस्कृतिक परम्पराको केन्द्रबिन्द..

  राष्ट्रिय आवाज जनकपुरधाम, असार २५ गते   भारत–नेपाल खुला सीमाबाट हुने सम्भावित सुरक्षा चुनौतीबारे गम्भीर ..