आगोले शक्त घाइते सुमारीलाई मिर्चैया नगरपालिकाको आर्थिक सहयोग

3 वर्ष पहिले प्रकाशित

०७९। १०। ११ मिर्चैया
बिनोद ठाकुर
बितेको १० दिन अघि सुमारी यादब माघ महिनाको चिसोलाई लुकामारी गर्दै शरीरलाई न्यानो पार्ने उपाय खोजिन । गाउँघरको दाउरा, पराल, गुइठा जस्ता वस्तुले जाडोले छुनै सक्दैन, र सुमारी पनि त्यसैको जोहो गरिन । शरीरै काम्ने गरी त्यो जाडो, झन ओढने, औछयाउने अनि न्यानो बनाउने कपडालत्ता नभएर घुर सल्काउने जुक्ति सोचिन सुमारी । आर्थिक अवस्था भन्नुपर्दा अत्यन्तै दयनीय, घरको छोरा पनि केही दिन अघि नै एक दुर्घटनामा परी ज्यान गुमाए, दैवको लिला पनि अपरम्पार । बज्रपात माथी बज्रपात । छोराको सम्झना नसेलाउँदै अन्दाजी ४० वर्षिया सुमारीको जिन्दगीमा पुन ः कहालीलाग्दो भएको घटनाले सिस्वौनी मात्रै नभई मिर्चैयाबासी नै बिक्षिप्त भएका छन ।
जाडो छल्नको लागी सुमारी यादब घुर बालिन । एकैछिन शरीर न्यानो भएपछि, आहा कतेक गर्मी, घुर सँ त केहेन केहेन जार भाइग जाइ है, नभन्दै आगोले शरीरको स्पर्श गरिसकेको पत्तै पाइनन सुमारी । आगोले शरीरको लगभग ४० प्रतिशत हिस्सामाथि कब्जा गरिसकेको थियो । तबसम्म सुमारी अचेत अवस्थामा पुगिन । चौतर्फी हल्ला भएपछि मानवताको परिचय दिदैं स्थानीय र रिश्तेदारले मिर्चैया अस्पताल पुगाए । तबसम्म अलिक ढिलो भएछ क्यारे । तथापी भनिन्छ ः डाक्टर ईश्वरको अर्को अवतार हो । मिचैया अस्पतालले सकभर प्रयास नगरेको चाँहि होइन, अथक जमर्को गर्दागर्दै बिरामीको अवस्था थप जटिल बन्दै गएको जानकारी अस्पतालकी मेडिकल सुपरिडेन्टेन्ट डा. सारिका गोइतले गराउनुभयो । उहाँकै शब्द सापटी लिएर भन्नुपर्दा सरकारी अस्पातालले गरेका काम र व्यबहारले रोगी र कुरुवा पनि गदगद भएका छन । यहाँ उपचार सम्भव नभएपछि अस्पतालले नानाप्रकारका भ्रमलाई चिर्दै उदाहरणीय काम गरी समयमै काठमाण्डौ पठाएका छन । अस्पतालकी मेसु गोइत आफैं काठमाण्डौको किर्तिपुर बर्न हस्पिटलमा सम्पर्क गरी हरेक सेवा सुबिधा मिलाई निशुल्क एम्बुलेन्सको व्यवस्थान गरी आज रेफर गरिएको छ । यता मिचैया नगरपालिकाले नगरभित्रका नगरबासीहरुको लागी विगतमा झैं गरेका अतुलनीय कार्यलाई निरन्तरता दिन पछि परेन । नगरपालिकाका मेयर श्रवण कुमार यादबले नगरपालिकाको तर्फबाट गम्भीर घाइते सुमारी यादबलाई ५०,००० रुपैँयाको नगद सहयोग गर्नुभयो । आज अस्पतालमै पुगेर मेयर यादबले पचास हजार रुपैँयाको चेक हस्तानान्तरण गर्नुभयो । चेक बुभ्mदै सुमारी यादबले आँखाभरी आँशुका धारा बगाउदै मेयर यादबलाई कृतज्ञता ज्ञापन गरिन । उता नगरपालिका स्वास्थय शाखाका प्रमुख बिजय महतो पनि २५,००० नगद सहयोग गरी आफुलाई समाजसेवी चिनाउनमा कुनै कन्जुस्याँइ गर्नुभएन ।
यसरी स्थानीय सरकार, सेवा प्रदायकले सेवाग्राही र आम नागरिकाको लागी सदैव सकारात्मक भावना लिई जिम्मेबारी पुरा गरे वास्तवमै गाउँगाउँमा सिहँदरवार आए जस्तो भान हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनू गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, चैत १३ गते  नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको आयोजनामा जनकपुर..

राष्ट्रिय आवाज  जनकपुरधाम, चैत १३ गते शुक्रबार  सन्त निरंकारी मण्डलको आयोजनामा प्रादेशिक नारी सन्त समागम कार..

  मोनू गुप्ता  जनकपुरधाम, चैत १२ गते  बाल अधिकारको संरक्षण, प्रवर्द्धन तथा सुदृढीकरण गर्ने उद्देश्यले सञ्चा..

  अर्जुन कुमार साह  जनकपुर धाम, चैत्र ६ गते  धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवामा मुसहर समुदा..

  दीपक श्रेष्ठ मंडल  जनकपुरधाम, चैत्र ६ गते रेन (RAIN) को आयोजनामा जनकपुरधाममा जलवायु परिवर्तनसम्बन्धी एक महत्वप..