कल्याणपुर नगरपालिकाको सातौं नगरसभा (हिँउदे अधिवेशन) हर्षोल्लाशका साथ सम्पन्न

3 वर्ष पहिले प्रकाशित

विनोद ठाकुर, मिर्चैया ।
माघ २७, सिरहाको कल्याणपुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ । कल्याणपुर नगरपालिकाको प्राङ्गगनमै रहेको रामजानकी धर्मशालामा सभा सम्पन्न भएको हो । उक्त नगरसभामा सभाको अध्यक्षता गर्नुभएको नगरप्रमुख रामपुकार शाह र उपप्रमुख रेखा कुमारी यादबले संयुक्त रुपमा उदघाटन गर्नुभएको थियो । त्यस लगत्तै सभाले विधिबत रुपमा औपचारिकता पाएको थियो ।

नगरसभामा नगरपालिकाका १२ वटै वडाका वडा अध्यक्षहरुले आ–आफ्ना स्वागत मन्तव्य राखेका थिए । त्यस क्रममा सबैले सबैको भावना र काखापाखा नगरी नगरसभा गराएकोमा नगर प्रमुख शाहलाई धन्यबाद दिएका थिए । त्यही क्रममा वार्ड नं. ९ का वडा अध्यक्ष विनोद कुमार यादबले सभामा बोल्दै आफ्नो वडालाई डिजिलाइजेशन गर्ने योजनामा रहेको सुनाउनुभयो । र उक्त कार्यमा नगरप्रमुख शाहलाई सहयोग र समन्वय गरिदिन आग्रह गर्नुभएको थियो ।
नेपाल कृषि प्रधान देश हो । झन मधेश प्रदेश त ९५ प्रतिशत कृषिमा नै आधारित छ । तरपनि यहाँका कृषक समयमा मल, सिँचाइको अभावले ग्रसित छन । यसैको प्रसङ्ग उठाउँदै वडा अध्यक्षहरुले कृषि, स्वास्थय र शिक्षालाई प्रमुख प्राथमिकता दिई यहाँका नागरिकको जिवनस्तर उकास्न जोड दिए । अतितका कुरालाई बिर्सि अब नयाँ आयाम थप्दै कल्याणपुर नगरपालिकालाई सिरहा जिल्लामा मात्रै नभई देशकै उत्कृष्ट नमुना नगरपालिका बनाउनमा हामी सबै एक ढिक्का भएर काम गनुपर्ने आवश्यकता रहेको वडा अध्यक्षहरुको भनाई रहेको थियो ।
सम्पन्न नगरसभाबाट ७६ करोड ५ लाख ८० हजारको आर्थिक वर्ष ०७९÷०८० को नगरस्तरीय प्रशासनिक खर्च संशोधित बजेट सर्वसम्तिले पारित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..