मिर्चैयाको गुदरी बजारको अतिक्रमित संरचना आफैं हटाउने सर्वपक्षीय बैठकबाट निर्णय

3 वर्ष पहिले प्रकाशित

२ फाल्गुन, मिचैया ।

मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादब नगरलाई नमुना नगर बनाउनमा लागि परेका छन । आज बसेको बैठकले गुदरी बजारमा रहेका संरचना हटाउने निर्णय गरिएको छ । बैठकबाट मिर्चैया नगरपालिका ५ मा रहेको गुदरी बजार भन्दा दक्षिणमा रहेका सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाउने निर्णय गरिएको छ । नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादबको अध्यक्षतामा सम्पन्न भएको बैठकमा स्थानीय, व्यापारी, बुद्धिजिवी र नगरपालिकाको जग्गामा घर टहरा बनाएका घरबेटीहरुको उपस्थिति रहेको थियो । सार्वजनिक जग्गमा निर्माण गरिएको सम्पूर्ण संरचना यहि फाल्गुन २५ गते भित्र खाली गर्ने सर्वसम्मितमा निर्णय भएको छ । यदि उक्त समयमा पनि खाली नगरेको खण्डमा नगरपालिकाकाटै भत्काईदिने निर्णय गरिएको छ । त्यस्तै नगरपालिकाको सुचना बमोजिम आर्फै खाली गरिसकेको हरुको हकमा ७ दिन भित्र उक्त संरचनाहरु भत्काउने निर्णय गरिएको छ । साथै व्यापार व्यवसाय गर्ने घर भत्केको व्यक्तिहरुलाई प्राथमिकतामा राखी सटर बनाइएमा नगरपालिकाले नगरपालिकाको नियामानुसार उपलब्ध गराउने निर्णय गरिएको छ। त्यस्तै सुकुम्बासीहरुको लागी पनि नगरपालिकाले सहयोग तथा समन्वय गर्ने भएको छ । राष्ट्यि भुमी आयोगको नियमअनुसार जग्गा उपलब्धको लागी आवश्यक समन्वय गर्ने बैठकबाट निर्णय भएको छ ।  

यस अघि पनि नगरपालिकाले मिर्चैया जाने बाटोमा रहेका अतिक्रमित संरचनाहरु हटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..