मिर्चैयाको गुदरी बजारको अतिक्रमित संरचना आफैं हटाउने सर्वपक्षीय बैठकबाट निर्णय

3 वर्ष पहिले प्रकाशित

२ फाल्गुन, मिचैया ।

मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादब नगरलाई नमुना नगर बनाउनमा लागि परेका छन । आज बसेको बैठकले गुदरी बजारमा रहेका संरचना हटाउने निर्णय गरिएको छ । बैठकबाट मिर्चैया नगरपालिका ५ मा रहेको गुदरी बजार भन्दा दक्षिणमा रहेका सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाउने निर्णय गरिएको छ । नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादबको अध्यक्षतामा सम्पन्न भएको बैठकमा स्थानीय, व्यापारी, बुद्धिजिवी र नगरपालिकाको जग्गामा घर टहरा बनाएका घरबेटीहरुको उपस्थिति रहेको थियो । सार्वजनिक जग्गमा निर्माण गरिएको सम्पूर्ण संरचना यहि फाल्गुन २५ गते भित्र खाली गर्ने सर्वसम्मितमा निर्णय भएको छ । यदि उक्त समयमा पनि खाली नगरेको खण्डमा नगरपालिकाकाटै भत्काईदिने निर्णय गरिएको छ । त्यस्तै नगरपालिकाको सुचना बमोजिम आर्फै खाली गरिसकेको हरुको हकमा ७ दिन भित्र उक्त संरचनाहरु भत्काउने निर्णय गरिएको छ । साथै व्यापार व्यवसाय गर्ने घर भत्केको व्यक्तिहरुलाई प्राथमिकतामा राखी सटर बनाइएमा नगरपालिकाले नगरपालिकाको नियामानुसार उपलब्ध गराउने निर्णय गरिएको छ। त्यस्तै सुकुम्बासीहरुको लागी पनि नगरपालिकाले सहयोग तथा समन्वय गर्ने भएको छ । राष्ट्यि भुमी आयोगको नियमअनुसार जग्गा उपलब्धको लागी आवश्यक समन्वय गर्ने बैठकबाट निर्णय भएको छ ।  

यस अघि पनि नगरपालिकाले मिर्चैया जाने बाटोमा रहेका अतिक्रमित संरचनाहरु हटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ९ गते   जनकपुरधाम उपमहानगरपालिका–६ मा नेपाली उत्पादन जस्मिन पेन्ट..

मोनु गुप्ता  जनकपुरधाम, असार ८ गते  धनुषाको मिथिला बिहारी नगरपालिका को आर्थिक वर्ष २०८३/०८४ को १२ औँ नगरसभाको ..

राष्ट्रिय आवाज  जनकपुरधाम, असार ६ गते, शनिबार  व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न ..

दिपक श्रेष्ठ मण्डल धनुषाधाम, असार ५ गते धनुषाको धनुषाधाम नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा पूर्..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ६ गते    जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्..