मिर्चैयामा टिफरको ठक्करबाट अपरिचित महिलाको मृत्यु

3 वर्ष पहिले प्रकाशित

२०७९ फाल्गुन १०, बुधबार

मिर्चैयामा टिफरको ठक्करबाट एक महिलाको मृत्यभएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका १ जिवा पुलमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको मधेश प्रदेश–०१–००१ क ०२५२ नम्वरको टिफरले ठक्करदिंदा आज मंगलबार विहान पैदलयात्रि करिव ५५ वर्षिय अपरिचित महिलाको मृत्यु भएको हो।

टिफरको ठक्करबाट शरिरको सम्पुर्ण भागमा चोट लागि गम्भिर घाईते भएका महिलालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए।

प्रहरीका अनुसार सख्त घाइते उनलाई उपचारको लागि प्रादेशीक अस्पताल सिरहा पठाईएपनि अस्पताल पुग्दा उनको मृत्युभएको अस्पतालले जनाए।

ठक्करदिने टिपफर र त्यसका चाललकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। शव अहिले प्रादेशीक अस्पताल सिरहामा नै रहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..