प्रहरी भ्यानबाट हाम फालेर बलात्कार अभियुक्त फरार

3 वर्ष पहिले प्रकाशित

१५ फागुन, जनकपुरधाम । धनुषा प्रहरीको भ्यानबाट हाम फालेर बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित फरार भएका छन् ।
बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया भ्यानबाट हाम फालेर फरार भएका हुन् । आइतबार जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किदै गर्दा साँझ साढे ७ बजे यदुकुहास्थित कमला नहर नजिक भ्यानबाट हामफालेर भागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए ।
रातिदेखि नै उनको खोजी कार्य तीव्र पारिएको उनले बताए ।
गत माघ १५ गते इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्ष फोडेर ६ जना थुनुवा फरार भएका थिए । उनीहरू मध्ये दुईजना अझै पक्राउ पर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ९ गते   जनकपुरधाम उपमहानगरपालिका–६ मा नेपाली उत्पादन जस्मिन पेन्ट..

मोनु गुप्ता  जनकपुरधाम, असार ८ गते  धनुषाको मिथिला बिहारी नगरपालिका को आर्थिक वर्ष २०८३/०८४ को १२ औँ नगरसभाको ..

राष्ट्रिय आवाज  जनकपुरधाम, असार ६ गते, शनिबार  व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न ..

दिपक श्रेष्ठ मण्डल धनुषाधाम, असार ५ गते धनुषाको धनुषाधाम नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा पूर्..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ६ गते    जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्..