सिराहाको लहान १५ ढोडना स्थित राजदेवी मन्दिरमा बैशाख २२ गते (भोली) लाग्ने भव्य मेलाको तयारी पूरा,आजैदेखि भक्तजनहरुको घुइँचो

3 वर्ष पहिले प्रकाशित

बैशाख २१ गते।
विनोद ठाकुर,
सिराहाको लहान १५ स्थित राजदेवी मन्दिरमा बैशाख २२ गते (भोली) लाग्ने भव्य मेलाको तयारी पूरा भएको छ। आजैदेखि भक्तजनहरुको घुइँचो लागेको छ।
बाराको गढीमाईपछि सबैभन्दा बढी बलि चढ्ने शक्तिपीठका रूपमा चर्चित भइरहेको लहान– १५ स्थित पञ्चावती राजदेवी मन्दिरमा चण्डी पूर्णिमाका दिन लाखौं पशुपन्छीको ब लि दिइने गरिन्छ।

लहान बजारबाट १० किलोमिटर उत्तरमा रहेको चुरे जंगलसँगै जोडिएर रहेको दुई बिघा क्षेत्रफलको जंगलमा रहेको यस राजदेवी मन्दिरमा सन्तान प्राप्ति, रोग निधान र कार्य सफलताका लागि पूजा गर्न आउने भक्तजनहरूको बिहान २ बजेदेखि नै घुईंचो लाग्ने गरेको कुरा मन्दिर संरक्षण विकास समितिले बताउनुभएको छ।

यस राजदेवी मन्दिरमा तीन दिनसम्म भव्य मेला लाग्ने गर्दछ। नेपाल र भारतका लाखौं भक्तजनको घुईंचो लाग्ने गर्दछ। प्रत्येक वर्ष भाकल पूरा भएपछि बलि चढाउन आउने भक्तजनको सङ्ख्या बढ्दै गइरहेको छ भने नयाँ भाकल गर्नेहरूको सङ्ख्या पनि बढ्दै गएको देखिन्छ।

राजदेवी मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रकै रूपमा विकास गरेर यहाँका सडक निर्माणको कार्य, धर्मशाला निर्माणजस्ता कार्य तदारुकताका साथ हुँदै छन् भने अन्य सेवा सुविधातर्फ पनि आवश्यक कार्य गर्न थालेकाले भक्तजनहरूको आकर्षण बढ्न थालेको कुरा स्थानीयले बताउनुभएको छ। यहाँ सडक सुविधा भएपछि नेपाल र भारतका विभिन्न स्थानका भक्तजनहरूको भीड बढ्न थालेको छ भने स्थानीय भक्तजनको भीड पनि व्यापक रूपमा बढ्न थालेको देखिन्छ।

थारु समुदायको बाहुल्य रहेको यस मन्दिर क्षेत्रको वरिपरि गाउँका प्रायः हरेक घरका मान्छे मेलाका लागि आउने गर्छन्। छिमेकी गाउँका र अन्य स्थानमा रहेका आफन्तहरू र नाताकुटुम्ब, ईष्टमित्रहरू भेला भई राजदेवीलाई पशुपन्छीको बलि चढाई पाहुनाको रूपमा बसेर प्रसाद बाँडेर खाने चलन रही आएको छ। यहाँ मन्दिरमा बलि दिएका पशुपन्छीको रग तले मन्दिर र क्ताम्ये भए तापनि दुर्गन्ध नआउने र झिँगासमेत नलाग्ने विशेषता रही आएको छ। यसलाई राजदेवीको शक्तिले गर्दा हो भन्ने जनविश्वास छ।

राजदेवीको स्थापना कहिले भयो भन्ने सन्दर्भमा स्थानीयको भनाइ अनुसार उहाँको दश पुस्ता अघि त्यस क्षेत्रको जंगलमा जङ्गली जनावरले धेरै दुःख दिन थालेपछि धामीलाई देवीले सपनामा त्यस क्षेत्रमा मन्दिर स्थापना गरी चण्डी पूर्णिमाका दिन बलि दिनू भन्नु भएकाले यहाँ बलि दिने परम्परा चलेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ९ गते   जनकपुरधाम उपमहानगरपालिका–६ मा नेपाली उत्पादन जस्मिन पेन्ट..

मोनु गुप्ता  जनकपुरधाम, असार ८ गते  धनुषाको मिथिला बिहारी नगरपालिका को आर्थिक वर्ष २०८३/०८४ को १२ औँ नगरसभाको ..

राष्ट्रिय आवाज  जनकपुरधाम, असार ६ गते, शनिबार  व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न ..

दिपक श्रेष्ठ मण्डल धनुषाधाम, असार ५ गते धनुषाको धनुषाधाम नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा पूर्..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ६ गते    जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्..