ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरु

3 वर्ष पहिले प्रकाशित

वैशाख १ गते, मिर्चैया, विनोद ठाकुर, जिल्ला ट्राफिक कार्यालय लहानले दुर्घटना न्युनीकरणको लागी सर्वसाधारणलाई ट्राफिक सचेतना जगाउने उद्देश्यले लहानमा ट्राफिक सप्ताह २०८० कार्यक्रम संचालनमा ल्याएको छ । ‘पैदल यात्रा गर्दा फुटपाथको प्रयोग गरौं, ट्राफिक नियमको पालना गरौ, सभ्य नागरिक बनौ’ भन्ने मूलनाराका साथ सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले उक्त कार्यक्रम आयोजना गरेको छ । जेष्ठ १ गते सोमबार देखी शुरु भएको कार्यक्रम आगामी जेठ ७ गते सम्पन्न हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विद्यार्थी, पैदलयात्री र चालकलाई ट्राफिक सचेतना तथा जेब्रा क्रसबारे प्रशिक्षण, ट्राफिक सचेतनासम्बन्धी झण्डै पाँच हजार पर्चा, पम्प्लेट वितरण,प्रभातफेरी लगायत सचेतनामूलक कार्यक्रम गरिएको हो ।

सप्ताहव्यापी कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गर्दै यस कार्यक्रमवाट प्रत्यक्ष रुपमा १००० बढी सर्वसाधारण लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी निरीक्षक मीन बहादुर बस्नेतले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ९ गते   जनकपुरधाम उपमहानगरपालिका–६ मा नेपाली उत्पादन जस्मिन पेन्ट..

मोनु गुप्ता  जनकपुरधाम, असार ८ गते  धनुषाको मिथिला बिहारी नगरपालिका को आर्थिक वर्ष २०८३/०८४ को १२ औँ नगरसभाको ..

राष्ट्रिय आवाज  जनकपुरधाम, असार ६ गते, शनिबार  व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न ..

दिपक श्रेष्ठ मण्डल धनुषाधाम, असार ५ गते धनुषाको धनुषाधाम नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा पूर्..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ६ गते    जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्..