कल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्

3 वर्ष पहिले प्रकाशित

असोज २१,सिरहा बिनोद ठाकुर ।  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहले नगरपालिकामा जारी आन्दोलन स्वार्थको आन्दोलन भएको बताएका छन् । उनले आइतबार पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएका हुन् । विपक्षीहरुले आफूलाई असफल बनाउन आन्दोलन र अनेक षड्यन्त्र गरिरहेको उनको भनाइ छ । लोकतन्त्रमा आन्दोलन गर्न पाइने तर, आन्दोलन जायज हुनुपर्ने भन्दै उनले आन्दोलनमा उठाइएका हरहिसाव सार्वजिक गर्नुपर्ने माग पूरा गर्न आफू तयार रहेको उनले बताए । गत आर्थिक वर्षको सम्पूर्ण आयव्ययको लेखा परीक्षण केन्द्रिय एकीकृत विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयले गरिरहेकाले प्रतिवेदन आफूले प्राप्त गर्ने वित्तिकै सार्वजनिक गर्ने उनले प्रतिवद्धता जनाए । उनले आफू आन्दोलनकारीहरुलाई पटकपटक वार्ताका लागि आह्वान गरेपनि उनीहरु वार्ता नचाहेको आरोप लगाएका छन् । यसले उनीहरुको स्वार्थ अरु नै रहेको प्रष्ट भएको मेयर साहले तर्क गरे । नगरपालिकालाई समृद्ध बनाउन सबैको उपस्थितिको उत्तिकै आवश्यकता रहेको भन्दै उनले वार्तामार्फत् समस्याको समाधान गर्न उनले आग्रह पनि गरे । नगरपालिकाले गत १५ गते बहुमतसहित आठौं नगरसभा सम्पन्न गरेको थियो । त्यसयता ४ जना वडाध्यक्षलगायतका जनप्रतिनिधि तथा विपक्षी दलका नेता कार्यकताले बजेट विनियोजनका विषयमा असन्तुष्टि जनाउँदै निरन्तर रुपमा आन्दोलन गर्दै आएका छन् । आन्दोलन उग्र बनेपछि त्यहाँ झडपसमेत हुँदै आएको छ । आन्दोलनकारीहरुले कार्यालयमा तोडफोड गर्दा र कर्मचारीहरुलाई कुटपिट गर्दा नगरपालिकाको कामकाज समेत अवरुद्ध रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनू गुप्ता  जनकपुरधाम, चैत १२ गते  बाल अधिकारको संरक्षण, प्रवर्द्धन तथा सुदृढीकरण गर्ने उद्देश्यले सञ्चा..

  अर्जुन कुमार साह  जनकपुर धाम, चैत्र ६ गते  धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवामा मुसहर समुदा..

  दीपक श्रेष्ठ मंडल  जनकपुरधाम, चैत्र ६ गते रेन (RAIN) को आयोजनामा जनकपुरधाममा जलवायु परिवर्तनसम्बन्धी एक महत्वप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, चैत्र ६ गते जनकपुरधाम–२४ स्थित श्री गोग्ल प्रसाद नमूना माध्यमिक विद्यालयमा आ..

  राष्ट्रिय आवाज  चैत्र ५ गते  आजमगढ — सन्त निरंकारी मिशनको आयोजनामा निरंकारी यूथ फोरमअन्तर्गत यूथ सिम्पो..