जनकपुरधाम सहित देशभर धुमधाम सँग सरस्वती पूजा मनाइँदै

3 वर्ष पहिले प्रकाशित

 

 

जनकपुरधाम, फागुन २ गते 

 

माघ शुक्ल बसन्त पञ्चमीका दिन मनाइने , श्रीपञ्चमी पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वती काे निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदै ।

 

 हरेक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी तथा सरस्वती पूजाकाे दिन हरेक सरस्वती मँता मठ मन्दिरमा पूजा गर्नेकाे भीड लाग्ने गर्छ । विद्याकि देवी सरस्वतीकाे पूजा विशेष गरि विद्यार्थी तथा बालबालिका तथा पत्रकार तथा शिक्षाका क्षेत्रमा काम गर्नेहरुले गर्दछन् । 

 

स्कुल, कलेज तथा विश्वविद्यालय र इन्ष्टिच्युटहरुमा देवी सरस्वती काे धुमधामका साथ पूजा हुन्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भका सँगै नाक- कान छेडिदिने परम्परा पनि गरिन्छ । नाक, कान छेडिदिने परम्परा पहाडी जिल्ला सहित काठमाडौं उपत्यकामा देखिन्छ भने तराई मधेशतिर यस्तो परम्परा भने रहेको छैन् । जनकपुरधाम सहित विभिन्न स्कूल तथा कलेजहरु सहित चाेक चाैराहामा सरस्वती काे प्रतीमा राखेर धुमधामका साथ पूजाआजा गरिरहेकाे छ ।

 

 सरस्वतीलाई चढाइएकाे सात गेडा अक्षता दाँतले नछाेई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाकाे ज्याेति पाइन्छ भन्ने धार्मिक विश्वास छ । वसन्त पञ्चमीकाे दिन विधिविधानका साथ देवी सरस्वती काे पूजा गर्दा विद्या र बुद्धिका साथसाथै सफलता पनि पाइने विश्वास गरिन्छ ।विहानै उठेर स्नान गरेपछि पवित्र आचरण र बाेलीकाे संकल्प लिँदै माता सरस्वतीकाे पूजा गर्नुपर्छ । पूजामा चन्दन , अक्षता , सेताे र पहेंलाे फूल, सेताे चन्दन र सेताे वस्र देवीलाई चढाउँनुपर्छ । प्रसादमा पहेँलो चामल, खीर , दूध , दही, मक्खन , सेताे तिलकाे लड्ड , घिउ, नरिवल , सक्खर र माैसम अनुसारकाे फल चढाउँनुपर्छ । त्यसपछि माता सरस्वतीसँग बुद्धि र सफलताको कामना गरेर दीप प्रज्वलन गर्दै आरती गर्नुपर्छ ।

 

 पढाइमा मन नलाग्ने विद्यार्थीहरुले देवी सरस्वतीकाे नित्य पूजन गरेमा पढाईमा मन लाग्छ । देवीकाे प्रतिमाअगाडि उभिएर मन्त्रहरु उच्चारण गर्दा स्मरण शक्ति बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय अवाज  जनकपुरधाम, भदौ १५ गते   रसुवाको बाढी प्रभावित क्षेत्रमा कतारमा रहेको गल्फ समाज सेवा संस्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ १५ गते    मधेश प्रदेशका हरवा–चरवा समुदायले आफ्ना दुई बुँदे माग तत्काल स..

  मोनु गुप्ता/राष्ट्रिय अवाज जनकपुर धाम,भाद्र १५ गते  रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ..

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..