संत निरंकारी शाखा जनकपुर धाम द्वारा बृहद सरसफाइ कार्यक्रम

3 वर्ष पहिले प्रकाशित

 

  जनकपुर धाम ,फागुन १२सनिवार 

रेविता कुमारी 

    

संत निरंकारी मण्डल नेपाल शाखा जनकपुरधाम यूनिट नं १४०१ सेवादलका प्रतिनिधिहरुले स्वच्छ जल स्वच्छ मन नाराका साथ सदगुरु बाबा हरदेव सिंहजी महाराज को जन्म दिवसको उपलक्ष्यमा जनकपुरधामको अरगाजा पोखरीमा बृहद् सरसफाइ कार्यक्रमको आयोजना उल्लेख्य सहभागिताका साथमा सम्पन्न गरिएको छ ।

संतनिरंकार मंडली जनकपुर धामका अध्यक्ष बेचु रजकको अगुवाइमा भएको कार्यक्रम लाई संबोधन गर्दै रजकले हाम्रो धर्मिक नगरी जनकपुर धामको पहिचान मध्ये एक पोखरीको शहर भनेर हुनेगरेकाले पनि यसको सरसफाइ सौन्दर्यकरणमा जोड दिन आग्रह गर्दै , पानी जीवन हो र जीवन सम्भव हुनका लागि पानीको उपस्थिति अपरिहार्य छ  ।अध्यात्मिक ,धर्मशास्त्रदेखि भौतिशास्त्री विज्ञानसम्मले जीवनको उत्पत्ति पानीबाटै सुरु भएको भन्ने तर्क पेस गरेका छन् । अझ हाम्रो शरीरको रासायनिक विश्लेषण गरेर हेर्ने हो भने यसको ७० प्रतिशत हिस्सा पानीले नै ओगटेने भएकोले जलाशयको महत्त्व बुझी सरसफाइ संरक्षणमा जोड दिन आग्रह गरेका थिए ।

 

कार्यक्रममा आफ्नो भनाइ राखिदै विभिन्न वक्ताहरुले आन्तिक तथा वाहृय पर्यटक प्रवर्द्धनका लागि भएपनि हामी एक जुटभएर जलाशय सराेवर प्रसिद्ध धराेहर सम्पदाकाे संरक्षण तथा सफा - सुन्दर राख्नुपर्ने जोड दिएका थिए ।  

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..