धनुषा दुग्ध उत्पादक सहकारी संघ लि. द्वारा आन्दोलन

2 वर्ष पहिले प्रकाशित

 

  

 ढल्केवर ,फाल्गुन १७बिहीबार 

        

 

  दुग्ध उत्पादक सहकारी संघ लि. धनुषाका दूग्ध उत्पादक किसान हरुको समस्या समाधानको लागि आन्दोलनमा उत्रिएका छन्। निर्धारित कार्यक्रम अनुसार ढल्केवर राजमार्गमा अाज विहिवार दुग्ध उत्पादक सहकारी संघ लि. द्वारा चक्काजाम गरी,दुग्धको मुल्यमा एकरुपता गर , किसानलाई भुक्तानी गर्न बाकी वक्यौता तुरुन्त भुक्तानी गर ,किसानको दूध खरिद गर , दूधको बिक्रि मूल्य निर्धारण गर,सम्पूर्ण कृषि उपजको समर्थन मूल्य घोषणा गरि खरिद गर्ने व्यवस्था गर , विमित किसानको बिमा भुक्तानी गरया भुक्तानी नदिने बिमा कम्पनीलाई कार्वाही गर ,उत्पादनमा आधारित कृषि अनुदान व्यवस्था गर ,सहूलियत कृषि कर्जा प्रभावकारी रूपले लागू गर , किसान एकता जिन्दाबाद भन्दै नारावाजी गरेकाथिए। आन्दोल स्थलमा प्रहरीको बाक्लो उस्थिति रहेका थिए।

 

दुग्ध सहकारी संघका अध्यक्ष रामबाबु यादवको अगुवाईमा भएको चक्काजाम कार्यक्रम लाई संबोधन गर्दै देश संघियता प्रणालीमा गयो तीन तह स्थानीय तह ,प्रदेश तह र केन्द्रिय तहको सरकार बनयो तर उत्पादनमुखी कार्यमा लागेका किसानको जायज माग लाई संबोधन गर्नमा सरकारले ढिलाइ गरेकै हो , श्रमजीवी किसानको मागहरू अबिलम्ब सम्बोधन गरिदिनु हुन सरकार संग अनुरोध गरेका थिए । 

दुग्ध उत्पादक किसानका अगुवाहरु अखिल नेपल किसान महासंघका केन्द्रिय सदस्य भोला यादव, अखिल नेपल किसान महासंघका केन्द्रीय सदस्य ललित बुढाथोकी, मधेश प्रदेश उपाध्यक्ष आसीका गिरी, कृषक अगुवा गनौर राउत लगायतकाले आआफ्नो मन्तव्य राखेकाथिए।धनुषा दुग्ध उत्पादक सहकारी चक्काजाम कार्यक्रममा अखिल नेपाल किसान महासंघ मधेश प्रदेश महोत्तरीको पनि सक्रिय सहागितामा रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुर धाम,भदौ २१ गते   “शिक्षा बिना जीवन अपूर्ण हुन्छ।” यही विश्वासका साथ श्री हरि मानव क..

 ईन्द्र भुषण यादब/राष्ट्रिय आवाज  जनकपुरधाम, भदौ १९ गते  नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति धन..

  मोनु गुप्ता  जनकपुरधाम, भदौ १८ गते  जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा आगामी दशैँ–तिहार पर्वलाई लक..

  राष्ट्रिय आवाज  जनकपुरधाम, भदौ १६ गते सोमबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालको प्रथम वार्षि..

  मोनु गुप्ता  जनकपुरधाम भाद्र १४ गते मिथिला चित्रकलाको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा यसको ज्ञान र रु..