श्री सर्वोदय उच्च मा. बि. पौडेश्वोरमा छात्रवृत्ति वितरण

2 वर्ष पहिले प्रकाशित

जनकपुर धाम , फागुन २३

    अनितेश यादव 

 

 

धनुषाको औरही गाउँपालिका वडा नम्बर १ स्थित श्री सर्वोदय उच्च मा. बि. पौडेश्वरमा बिद्यार्थीहरुलाई आज बुधबार छात्रवृत्ति वितरण गरिएको छ ।विद्यालयमा अध्ययनरत , दलित, अपांग तथा छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । आर्थिक बर्ष २०८०/८१ को छात्रवृत्ति वितरण कार्यक्रम फाल्गुन २३ देखि २४ गते दुई दिन सम्मको लागि राखिएका छन् । 

 छात्रवृत्ति वितरणको क्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन यादवले बिद्यार्थीहरुलाई ड्रेस लगाएरनै आउदा स्कूल अझै राम्रो लागने बताएका थिए। प्रधानाध्यापक गणेश रायका अनुसार, १ कक्षा देखि ८ कक्षा सम्म दलित तथा अपांग ६२ जना छात्रालाई रु ५ सय र १७७ जना छात्रालाई ४ सय गरि जम्मा २३९ बिद्यार्थी लाई १ लाख १ हजार ८ सय रुपैयाँ वितरण गरेको बताए । छात्रवृत्ति वितरणकार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष शत्रुधन यादव, सदस्य राजु अधिकारी, सोनी साह, सोनिता यादव, दीप नारायण, राम जिवन, प्रधानाध्यापक गणेश साह लगायतका सहभागीता रहेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  ईन्द्र भुषण यादब  जनकपुरधाम, पुस ६ गते    जनकपुरधाम काे प्रसिद्ध गोपाल सेवा समिति स्थित श्रीकृष्ण मन्दिर..

जीवनराज दाहाल  बर्दिवास, पौष ५ गते   बर्दिवास–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका बालबालिकाको शिक्षामा सहय..

    सन्तोष महतो जनकपुरधाम, पुस ५ गते (शनिबार) निरंकारी मण्डल जनकपुरधामको आयोजनामा आज शनिबार सामाजिक उत्तरदायि..

    राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ४ गते  मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाम यतिबेला युवाहरूको उत्साह, ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, ३ पुस जनकपुरधाममा आयोजना हुन लागेको नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशनको स..