श्री सर्वोदय उच्च मा. बि. पौडेश्वोरमा छात्रवृत्ति वितरण

3 वर्ष पहिले प्रकाशित

जनकपुर धाम , फागुन २३

    अनितेश यादव 

 

 

धनुषाको औरही गाउँपालिका वडा नम्बर १ स्थित श्री सर्वोदय उच्च मा. बि. पौडेश्वरमा बिद्यार्थीहरुलाई आज बुधबार छात्रवृत्ति वितरण गरिएको छ ।विद्यालयमा अध्ययनरत , दलित, अपांग तथा छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । आर्थिक बर्ष २०८०/८१ को छात्रवृत्ति वितरण कार्यक्रम फाल्गुन २३ देखि २४ गते दुई दिन सम्मको लागि राखिएका छन् । 

 छात्रवृत्ति वितरणको क्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन यादवले बिद्यार्थीहरुलाई ड्रेस लगाएरनै आउदा स्कूल अझै राम्रो लागने बताएका थिए। प्रधानाध्यापक गणेश रायका अनुसार, १ कक्षा देखि ८ कक्षा सम्म दलित तथा अपांग ६२ जना छात्रालाई रु ५ सय र १७७ जना छात्रालाई ४ सय गरि जम्मा २३९ बिद्यार्थी लाई १ लाख १ हजार ८ सय रुपैयाँ वितरण गरेको बताए । छात्रवृत्ति वितरणकार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष शत्रुधन यादव, सदस्य राजु अधिकारी, सोनी साह, सोनिता यादव, दीप नारायण, राम जिवन, प्रधानाध्यापक गणेश साह लगायतका सहभागीता रहेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..