सुनको सिक्री नपाएको भन्दै विवाह रद्द गरेको आरोपमा बेहुलासहित ५ जना पक्राउ

2 वर्ष पहिले प्रकाशित

 

दिपेश कुमार साह

      फाल्गुन २९ गते ,मंगलबार 

 

 

 सुनको सिक्री दाइजो नदिएको निहुँमा विवाह रद्द गरेपछि वीरगन्जबाट प्रहरीले बेहुलासहित ५जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका–२४ स्थित रानिघाट बाट दुलाहा सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

 

सिक्री नपाएको भन्दै निहुँमा बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहले मण्डपबाट नै विवाह रद्द गर्ने घोषणा गरेका थिए। उनले पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी २४ वर्षीया छोरी रमिता कुमारीसँग विवाह गर्दै थिए। बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा करारमा कार्यरत कम्प्युटर अपरेटर हुन्। पीडित परिवारले बेहुला पक्षविरुद्ध प्रहरीमा जाहेरी दिएको छ। 

 

पक्राउ पर्नेहरुमा बेहुला उमेश साह, उनका बुवा बच्चालाल साह, बेहुलाको दाई राकेशकुमार साह, अर्का दाई मुकेशकुमार साह र बेहुलाका भिनाजु रामएकवाल साह रहेका छन्। बेहुला पक्षबाट दाइजो स्वरूप सुनका गहानाहरू, नगद, मोटरसाइकल, ल्यापटप, कपडा पाएतापनि सुनको सिक्री नपाएको भनी बेहुला तथा उनका आफन्तहरूले बेहुली पक्षकाहरूसँग वाद-विवाद तथा हातपात समेत गरी विवाह छोडी जान लागेको भन्ने सूचना पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। 

 

पक्राउ परेकाहरुविरुद्ध जिल्ला अदालत पर्साबाट दुई दिनको म्याद अनुमति लिइ अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..