सुनको सिक्री नपाएको भन्दै विवाह रद्द गरेको आरोपमा बेहुलासहित ५ जना पक्राउ

3 वर्ष पहिले प्रकाशित

 

दिपेश कुमार साह

      फाल्गुन २९ गते ,मंगलबार 

 

 

 सुनको सिक्री दाइजो नदिएको निहुँमा विवाह रद्द गरेपछि वीरगन्जबाट प्रहरीले बेहुलासहित ५जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका–२४ स्थित रानिघाट बाट दुलाहा सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

 

सिक्री नपाएको भन्दै निहुँमा बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहले मण्डपबाट नै विवाह रद्द गर्ने घोषणा गरेका थिए। उनले पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी २४ वर्षीया छोरी रमिता कुमारीसँग विवाह गर्दै थिए। बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा करारमा कार्यरत कम्प्युटर अपरेटर हुन्। पीडित परिवारले बेहुला पक्षविरुद्ध प्रहरीमा जाहेरी दिएको छ। 

 

पक्राउ पर्नेहरुमा बेहुला उमेश साह, उनका बुवा बच्चालाल साह, बेहुलाको दाई राकेशकुमार साह, अर्का दाई मुकेशकुमार साह र बेहुलाका भिनाजु रामएकवाल साह रहेका छन्। बेहुला पक्षबाट दाइजो स्वरूप सुनका गहानाहरू, नगद, मोटरसाइकल, ल्यापटप, कपडा पाएतापनि सुनको सिक्री नपाएको भनी बेहुला तथा उनका आफन्तहरूले बेहुली पक्षकाहरूसँग वाद-विवाद तथा हातपात समेत गरी विवाह छोडी जान लागेको भन्ने सूचना पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। 

 

पक्राउ परेकाहरुविरुद्ध जिल्ला अदालत पर्साबाट दुई दिनको म्याद अनुमति लिइ अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..