आज मिथिला माध्यमिकी परिक्रमा धनुषाको औरहीमा

2 वर्ष पहिले प्रकाशित

 

 

इन्द्रभूषण यादव 

जनकपुरधाम, चैत्र ८बिहीबार 

 

मिथिला माध्यमिकी परिक्रमा बुधवार सत्तोखर विश्राम गरी आज बिहीबार औरही गाउँ पालिका वार्ड ४औरहीमा आइपुगेका छन् ।

 

बिहीबार विहानै (आज) परिक्रमाका श्रद्धालुहरु १२ औं विश्रामस्थल औरही आइपुगेको छ । औरही विश्रामस्थलमा परिक्रमा धार्मिक यात्री लाई स्वागतको लागि स्थानीयहरुले भवयतापूर्वक त्यारी रहेका स्थानिय राम भाक्त यादवले बताए तथा स्थानीयले सरसफाइ समेत गरेका छन् । धनुषाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट १५ दिवसीय यात्रा जनकपुर धाम वरिपरिका धार्मिक स्थलहरूमा विश्राम गर्ने गरेका छन। परिक्रमा १२ औं विश्राम स्थलमा आइपुगेको छ । मिथिला विहारी मन्दिरबाट सुरु भइ हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम हुँदै सत्तोषर पुगेको थियो । सत्तोषरमा रात्रि विश्राम गरेको परिक्रमा आज औरही पुगेर रात्रि विश्राम गर्नेछ ।

 

त्यसपछि परिक्रमा औरहीबाट भारतको करुणा, विशौल र कल्याणेश्वर स्थान सम्म पुगेर पुनः १४ औं दिन जनकपुरधाम फर्किने छन् । जनकपुरधाम पुगेर जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि मध्यमा परिक्रमा सम्पन्न हुने छन् । जुन व्यक्तिले मध्यमा परिक्रमा भाग लिन नसकेको भए पनि अन्तगृहमा परिक्रमामा सहभागी भए मोक्षको भागी बन्ने जनविश्वास छ । नेपाल भारत दुबै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद् भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् ।

 

यस यात्राका सहयात्रीले नेपालका १ सय २ एवम् भारतको २६ गरी १ सय २८ किलोमिटर पैदलयात्रा गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..