आज मिथिला माध्यमिकी परिक्रमा धनुषाको औरहीमा

2 वर्ष पहिले प्रकाशित

 

 

इन्द्रभूषण यादव 

जनकपुरधाम, चैत्र ८बिहीबार 

 

मिथिला माध्यमिकी परिक्रमा बुधवार सत्तोखर विश्राम गरी आज बिहीबार औरही गाउँ पालिका वार्ड ४औरहीमा आइपुगेका छन् ।

 

बिहीबार विहानै (आज) परिक्रमाका श्रद्धालुहरु १२ औं विश्रामस्थल औरही आइपुगेको छ । औरही विश्रामस्थलमा परिक्रमा धार्मिक यात्री लाई स्वागतको लागि स्थानीयहरुले भवयतापूर्वक त्यारी रहेका स्थानिय राम भाक्त यादवले बताए तथा स्थानीयले सरसफाइ समेत गरेका छन् । धनुषाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट १५ दिवसीय यात्रा जनकपुर धाम वरिपरिका धार्मिक स्थलहरूमा विश्राम गर्ने गरेका छन। परिक्रमा १२ औं विश्राम स्थलमा आइपुगेको छ । मिथिला विहारी मन्दिरबाट सुरु भइ हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम हुँदै सत्तोषर पुगेको थियो । सत्तोषरमा रात्रि विश्राम गरेको परिक्रमा आज औरही पुगेर रात्रि विश्राम गर्नेछ ।

 

त्यसपछि परिक्रमा औरहीबाट भारतको करुणा, विशौल र कल्याणेश्वर स्थान सम्म पुगेर पुनः १४ औं दिन जनकपुरधाम फर्किने छन् । जनकपुरधाम पुगेर जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि मध्यमा परिक्रमा सम्पन्न हुने छन् । जुन व्यक्तिले मध्यमा परिक्रमा भाग लिन नसकेको भए पनि अन्तगृहमा परिक्रमामा सहभागी भए मोक्षको भागी बन्ने जनविश्वास छ । नेपाल भारत दुबै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद् भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् ।

 

यस यात्राका सहयात्रीले नेपालका १ सय २ एवम् भारतको २६ गरी १ सय २८ किलोमिटर पैदलयात्रा गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  जनकपुरधाम, असार ६ गते, शनिबार  व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न ..

दिपक श्रेष्ठ मण्डल धनुषाधाम, असार ५ गते धनुषाको धनुषाधाम नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा पूर्..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ६ गते    जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ४ गते    सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ४ गते    बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि, शारीरिक तथा मा..