राजदेवी मन्दिरमा हुने चैती दशैं व्यवस्थापन संयोजकमा दिपक

2 वर्ष पहिले प्रकाशित

 

 जनकपुरधाम स्थित माता राजदेवी मन्दिरमा हुने चैती दशैं कार्यक्रमको सम्पुर्ण जिम्मेवारीको संयोजकमा का.का.सदस्य दिपक गुप्तालाई चयन गरिएको छ।

 

श्री महाविर युवा कमिटिको चैत १९ गते बसेको बोर्ड बैठकले चैत २७ गते देखि बैशाख ६ गते सम्म प्रत्येक दिन माताको भोगराग तरह विशेष पूजा हुने चैती दशैं कार्यक्रमको संयोजकमा श्री महाविर युवा कमिटिको का.का.सदस्य दिपक गुप्ता सर्वसहमतिले चयन गरिएको हो ।

 

प्रत्येक बर्ष राजदेवी मन्दिरमा चैती दशै धुमधामका साथ मनाउने गरिन्छ। नेपाली चाडपर्वमा चैती दशैंको पनि महत्त्वपूर्ण स्थान रहेको छ । नेपाल भरिमा चैती दशैं विभिन्न ठाउँमा मनाइने गरिन्छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैं हिन्दु धर्मावलम्बीहरूले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोजमा मनाईंने दशैंलाई बडादशैको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैती दशैं । एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरूमा विशेष महत्त्व रहेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..