मिथिलामा आज जुडशीतल पर्व मनाइँदै

8 महीना पहिले प्रकाशित

 

ईन्द्र भुषण यादव 

जनकपुरधाम, बैशाख २ गते 

 

मिथिलाञ्चलमा आइतबार (आज) जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि सांस्कृतिक पर्व मानिएको छ ।

 

प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ । यो पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ ।

 

 चैत अन्त्यसँगै शुरु हुने जुडशीतल पर्वको तयारीले मैथिल (मिथिलाका बासिन्दा) व्यस्त भएका छन् । प्रत्येक नयाँ वर्षको भोलीपल्ट मनाइने पर्वको तयारी चैत मसान्तसँगै मिथिलामा देखिएको हो ।

 

 उल्लास र सहकालको प्रतीक मानिने यो पर्वको तयारीमा मिथिला क्षेत्रको बजारमा चहलपहल ह्वात्तै बढेको छ । बढ्दो गर्मी र लगातार बढ् दो तातो हावाबीच शुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा ‘जुडशीतल’ मनाइने मैथिल परम्परा छ ।

 

 नयाँ वर्षमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वका खाद्य परिकार पनि गर्मी समन गर्ने मान्यताभित्र खाइन्छन् । वैशाख सङ्क्रान्ति अर्थात नयाँ वर्ष प्रारम्भ भएकै दिन आज जुडशीतल पर्व शुरु हुन्छ । पहिलो दिन (वैशाख सङ् क्रान्ति) चना (बदाम), जांै, मकै, चामल र मुगसहित सातथरी खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरुलाई दान गरिन्छ । बढ्दो गर्मीमा शरीरमा शीतलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् ।

 

पहिलो दिन सातु र सर्वत् दान दिएर यिनै परिकार खाइने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ । दोस्रो दिन (वैशाख–२ गते) घरपरिवारका श्रेष्ठ जनले आपूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिँदै यो पर्व सम्पन्न गरिन्छ । 

 

पर्वको दोस्रो दिन अर्थात वैशाख २ गते घरघरमा परिवारका श्रेष्ठजनले आपूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिन्छन् । नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरुको भनाइ छ । 

सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिल (मिथिलावासी) साथीसँगीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गर्छन् । जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस्भन्ने कामना गरिन्छ । मिथिलामा सबै जाती समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ । खासमा यो पर्व कृषिसँग सम्बन्धित रहेको पाका मैथिल बताउँछन् । बढ्दो गर्मीबीच ‘ शीतल’ जोड्न गरिने कामना पर्वको मुख्य ध्येय भएको हुँदा यो पर्वलाई ‘जुडशीतल’ भनिएको छ । पर्वका लागि सामानको जोहो गर्नेको भिडले सबैजसो बजार भरिभराउ छन् । बजारमा तरुवा खाइने काँचो केरा, पर्व विशेषको खास तरकारी मुन्गा र जौको सातु तथा दलहनको वेसन (पिठो) को खुबै बिक्री बढेको व्यापारीले बताएका छन् ।

जनकपुरधाम, ७ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले सीता बिना राम मात्र अधुरो नभएर रामायण नै अपूर्ण ह..

आइतबार, ०७ पुष २०८१ गते  जनकपुरमा संघीय हिन्दू गणतन्त्र स्थापनार्थ धर्ना कार्यक्रम सम्पन्न   संघीय हिन्दू गण..

  जनकपुर धाम  आज , पुस ५ गते शुक्रबार    जनकपुरधाम उपमहानगरपालिका वार्ड ८ का अध्यक्ष दिनेश कुमार सिंहले आजको..

  जनकपुर धाम, पुस ४ बिहीबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल, मधेस प्रदेशले प्रदेश तथा स्थानीय तहम..

इन्द्र भुषण यादव/ राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ३ गते    धनुषामा विभिन्न समयमा तस्कर बाट नियन्त्रणमा लिएको ..