शुभकामना आदान प्रदान तथा भितेपात्रो विमोचन कार्यक्रम सम्पन

1 वर्ष पहिले प्रकाशित

 

 

जनकपुर धाम 

 एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल 

मधेश प्रदेश कार्यसमिति, जनकपुरधाम (पेशागत महासंघ, नेपालसँग आबद्ध सरकारी कर्मचारीहरुको राष्ट्रियस्तरको ट्रेड युनियन)द्धारा प्रकाशित २०८१ सालको भित्तेपात्रो (क्यालेण्डर ) विमोचन साथै नयाँ वर्ष २०८१को शुभकामना आदान प्रदान तथा मधेस प्रदेशकी नव श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली लाई एकीकृत सरकारी कर्मचारी संगठन, मधेश प्रदेश कार्यसमिति द्धारा 

बधाई कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेका थिए ।

 

कार्यक्रमका प्रमुख अतिथी नेकपा एकीकृत समाजवादी का स्थायी कमिटी सदस्य एवं प्रदेश मामिला सभापति रत्नेश्वर लाल गोईत यादवले देश गतिशील हुनमा कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको हुनाले राष्ट्र र जनताको पक्षमा आफ्ना इमान्दार दैनिक कार्यसम्पादन गर्नुपर्ने कुरामा जोड् दिदै कर्मचारीको पिर मर्का बुझेको व्यक्ती हु कर्मचारीको हकहितमा मेरो साथ र सहयोग रहने बताएका थिए। प्रमुख अतिथि यादवले हक अधिकार तथा संरक्षणमा एकतावद्ध भएर सांगठनिक रुपमा अगाडि बढ्नु पर्ने सुझाव दिएका थिए।

 

मधेस प्रदेशकी श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीले छरिएर रहेका कर्मचारीलाई एकताबद्ध गर्दै संगठन विस्तार गर्नुपर्ने बताउँदै समृद्ध समाज निर्माण गर्न एकताबद्ध प्रयास हुनेपर्ने कुरामा जोड् दिइन्।

एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेश अध्यक्ष तुलाकृष्ण गोईत यादवको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल का केन्द्रीय कार्यबाहक अध्यक्ष सरण कुमार गुरुङ्ग,एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल केन्द्रिय सचिप प्रतीक तामाङ्ग, कर्णाली प्रदेश अध्यक्ष सोमलाल तिवारी,एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेशका महासचिव सुरेश कुमार रोहिता लगायतकाले आ - आफनो मन्तव्य राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज सप्तरी, असार २९ गते  सप्तरीको बोदे बरसाईनमा संघीय हिन्दू गणतंत्र स्थापनाका विषयमा आयोजित वि..

  राष्ट्रिय आवाज  जनकपुरधाम, असार २९ गते  तराईका विभिन्न जिल्लाहरू— वीरगंज महानगर, जनकपुर उपमहानगरपालिका, ..

  राष्ट्रिय आवाज जनकपुरधाम, असार २५गते    धार्मिक आस्था, ऐतिहासिक गौरव र सांस्कृतिक परम्पराको केन्द्रबिन्द..

  राष्ट्रिय आवाज जनकपुरधाम, असार २५ गते   भारत–नेपाल खुला सीमाबाट हुने सम्भावित सुरक्षा चुनौतीबारे गम्भीर ..

  राष्ट्रिय आवाज जनकपुरधाम, असार २५ गते    जनकपुरधाममा ससुरालाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा फरार ज्..