शुभकामना आदान प्रदान तथा भितेपात्रो विमोचन कार्यक्रम सम्पन

2 वर्ष पहिले प्रकाशित

 

 

जनकपुर धाम 

 एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल 

मधेश प्रदेश कार्यसमिति, जनकपुरधाम (पेशागत महासंघ, नेपालसँग आबद्ध सरकारी कर्मचारीहरुको राष्ट्रियस्तरको ट्रेड युनियन)द्धारा प्रकाशित २०८१ सालको भित्तेपात्रो (क्यालेण्डर ) विमोचन साथै नयाँ वर्ष २०८१को शुभकामना आदान प्रदान तथा मधेस प्रदेशकी नव श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली लाई एकीकृत सरकारी कर्मचारी संगठन, मधेश प्रदेश कार्यसमिति द्धारा 

बधाई कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेका थिए ।

 

कार्यक्रमका प्रमुख अतिथी नेकपा एकीकृत समाजवादी का स्थायी कमिटी सदस्य एवं प्रदेश मामिला सभापति रत्नेश्वर लाल गोईत यादवले देश गतिशील हुनमा कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको हुनाले राष्ट्र र जनताको पक्षमा आफ्ना इमान्दार दैनिक कार्यसम्पादन गर्नुपर्ने कुरामा जोड् दिदै कर्मचारीको पिर मर्का बुझेको व्यक्ती हु कर्मचारीको हकहितमा मेरो साथ र सहयोग रहने बताएका थिए। प्रमुख अतिथि यादवले हक अधिकार तथा संरक्षणमा एकतावद्ध भएर सांगठनिक रुपमा अगाडि बढ्नु पर्ने सुझाव दिएका थिए।

 

मधेस प्रदेशकी श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीले छरिएर रहेका कर्मचारीलाई एकताबद्ध गर्दै संगठन विस्तार गर्नुपर्ने बताउँदै समृद्ध समाज निर्माण गर्न एकताबद्ध प्रयास हुनेपर्ने कुरामा जोड् दिइन्।

एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेश अध्यक्ष तुलाकृष्ण गोईत यादवको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल का केन्द्रीय कार्यबाहक अध्यक्ष सरण कुमार गुरुङ्ग,एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल केन्द्रिय सचिप प्रतीक तामाङ्ग, कर्णाली प्रदेश अध्यक्ष सोमलाल तिवारी,एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेशका महासचिव सुरेश कुमार रोहिता लगायतकाले आ - आफनो मन्तव्य राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..