पत्रकार महासंघ धनुषामा तीन दलले लगाएको ताला खोलियो

2 वर्ष पहिले प्रकाशित

 

धिरेश दत्त

जेठ २७ गते आईतबार।

 

जनकपुरधामःपत्रकार महासंघ धनुषामा तीन दलले लगाएको ताल्चा आज (आईतबार) खोलिएको छ ।

पत्रकार महासंघ धनुषाले शुद्धिकरणको नाउँमा लोकतान्त्रीक आस्था भएका व्यवसायिक एवमं सक्रिय पत्रकारहरुलाई काँटछाँट गर्ने र खास संगठनका पक्षमा मतभार बढाउने निस्क्रिय एवमं गैर पत्रकारलाई नवीकरण तथा सदस्यता दिने प्रपञ्च बिरुद्ध तीन दल क्रमशःसमाजवादी प्रेस संगठनधन धनुषा,नेपाल प्रेस यूनियन धनुषा र प्रेस मंच नेपाल धनुषाले जेठ २५ गते लगाईएको ताल्चा आज (आईतबार) खोलिएको छ।

ताल्चा खोल्ने क्रममा बिभिन्न संघ संगठनका पदाधिकारी लगायत नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत,कोषाध्यक्ष राज कमल सिंह,समाजवादी प्रेस संगठनधनका जिल्लाध्यक्ष अकुल प्रसाद साह,जिल्ला सचिब धिरेश दत्त,प्रेस मञ्च नेपालका जिल्लाध्यक्ष अर्जुन कुमार मण्डलको समेत उपस्थिति रहेको थियो ।

समाजवादी प्रेस संगठनधनका जिल्लाध्यक्ष अकुल प्रसाद साहले “परिवर्तित परिस्थितमा सदस्यता शुद्धिकरण प्रक्रिया विवादित छ भनी सब पक्षले स्वीकार गरेको अवस्थामा र यस समस्यालाई समाधान गर्न नेपाल समाजवादी प्रेस संगठन धनुषा लगायत अन्य संस्थाले निरन्तर दबाब बनाई रहेकाले तत्कालकालागी हामीले आन्दोलनको स्वरुप परिवर्तन गरी नेपाल पत्रकार महासंघ धनुषामा लगाईएको ताल्चा खोलेका छौं” बताए । 

तर,महासंघले सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गर्न निष्पक्ष ढंगले सम्पादन गर्ने परिस्थिति नबनाएमा हामी पुुनः तलाबन्दी लगायत थप कठोर संघर्षका कार्यक्रम गरिने र त्यस अबिधिमा महासंघको कुनै पनि कार्यक्रम हामीले कुनैपनि हालतमा हुन दिनेछैनौंैं भनी चेताबनी समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ९ गते   जनकपुरधाम उपमहानगरपालिका–६ मा नेपाली उत्पादन जस्मिन पेन्ट..

मोनु गुप्ता  जनकपुरधाम, असार ८ गते  धनुषाको मिथिला बिहारी नगरपालिका को आर्थिक वर्ष २०८३/०८४ को १२ औँ नगरसभाको ..

राष्ट्रिय आवाज  जनकपुरधाम, असार ६ गते, शनिबार  व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न ..

दिपक श्रेष्ठ मण्डल धनुषाधाम, असार ५ गते धनुषाको धनुषाधाम नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा पूर्..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ६ गते    जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्..