बजेट र याेजना चिया पसलमा बिक्री हुने क्रम राेकियाे : मुख्यमन्त्री सिंह

2 वर्ष पहिले प्रकाशित

 

असार ५ बुधबार 

जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेट र योजना चिया पसलमा बिक्री हुने क्रम रोकिएको बताएका छन् । 

 

बुधबार महाेत्तरीकाे मटिहानी नगरपालिकाकाे १३ औँ नगर सभाकाे उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिंदै मुख्यमन्त्री सिंहले प्रदेश सरकारकाे बजेट र याेजना चिया पसलमा बिक्री हुने क्रम जनमत नेतृत्वकाे सरकारले राेक्न सफल भएकाे दाबी गरे ।

 

'अन्न निर्यात गर्नुपर्ने प्रदेशमा अहिले हरेक अन्न आयात गर्नुपर्ने स्थिति आएको छ,' मुख्यमन्त्री सिंहले भने, 'संघीयता मधेशलाई चाहिएकाे छ । मधेशलाई कृषि आवश्यक छ ।' उनले मधेशकाे कृषि उत्पादनको अवस्था सन्ताेषजनक नरहेकाे बताए । संघीयताकाे भविष्य मधेश प्रदेशकाे नीति कार्यक्रम र बजेटले बलियाे बनाउने प्रयास गरेकाे उनले बताए ।

 

'मधेशको विकासका लागि ठुलाे प्लटमा खेती आवश्यक छ,' उनले भने, 'व्यवसायिक कृषि खेती गर्ने स्थानीय तह संग प्रदेश सरकार समन्वय गर्न तयार छ ।' तीन तहकाे सरकारले एकै खालकाे याेजना ल्याउने परम्परा राेक्न प्रदेश सरकार अग्रसर भएकाे उनको भनाइ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..