बजेट र याेजना चिया पसलमा बिक्री हुने क्रम राेकियाे : मुख्यमन्त्री सिंह

1 वर्ष पहिले प्रकाशित

 

असार ५ बुधबार 

जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेट र योजना चिया पसलमा बिक्री हुने क्रम रोकिएको बताएका छन् । 

 

बुधबार महाेत्तरीकाे मटिहानी नगरपालिकाकाे १३ औँ नगर सभाकाे उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिंदै मुख्यमन्त्री सिंहले प्रदेश सरकारकाे बजेट र याेजना चिया पसलमा बिक्री हुने क्रम जनमत नेतृत्वकाे सरकारले राेक्न सफल भएकाे दाबी गरे ।

 

'अन्न निर्यात गर्नुपर्ने प्रदेशमा अहिले हरेक अन्न आयात गर्नुपर्ने स्थिति आएको छ,' मुख्यमन्त्री सिंहले भने, 'संघीयता मधेशलाई चाहिएकाे छ । मधेशलाई कृषि आवश्यक छ ।' उनले मधेशकाे कृषि उत्पादनको अवस्था सन्ताेषजनक नरहेकाे बताए । संघीयताकाे भविष्य मधेश प्रदेशकाे नीति कार्यक्रम र बजेटले बलियाे बनाउने प्रयास गरेकाे उनले बताए ।

 

'मधेशको विकासका लागि ठुलाे प्लटमा खेती आवश्यक छ,' उनले भने, 'व्यवसायिक कृषि खेती गर्ने स्थानीय तह संग प्रदेश सरकार समन्वय गर्न तयार छ ।' तीन तहकाे सरकारले एकै खालकाे याेजना ल्याउने परम्परा राेक्न प्रदेश सरकार अग्रसर भएकाे उनको भनाइ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..