नेपाल लेखापढ़ी कानून व्यवसायी एशोसिएशनका नव निर्वाचित पदाधिकारी लाई प्रमाण-पत्र वितरण तथा शपथ ग्रहण
6 महीना पहिले प्रकाशित
अनितेश यादब
जनकपुर धाम,असार ७ शुक्रबार
नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन, इकाई समिति, धनुषा जिल्ला अदालतको मिति २०८१/२/२६ गतेमा सम्पन्न भएको निर्वाचनमा विजाई नव निर्वाचित पदाधिकारी लाई आज शुक्रबार नेपाल बार एशोसिएशन जनकपुरधामको सभाहलमा एक कार्यक्रमको आयोजना गरि प्रमाण पत्र वितरण तथा शपत ग्रहण कार्यक्रम गरेका छ्न ।
निर्वाचन अधिकृत एवं निवर्तमान अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि धनुषा जिल्ला न्यायाधीश चुरामनी खडकाले निर्वाचित नव कार्य समितिलाई सुभकामना मन्तव्य दिदै अहिले प्रतिस्पर्धाको युगमा आफुलाइ हमेसा अपडेट राख्नुपर्ने बताएका छ्न।न्यायाधीश खडकाले आफनो पेसामा पुर्ण रुपले स्वतन्त्र , इमानदारी पुर्वक रहेर कानुनी सेवा गर्ने र आफूले पूरा गर्न नसक्ने जिम्मेवारीहरू वहन गर्छु भनी लिखित वा मौखिक रूपमा कसैबाट कुनै पनि गैर जिम्मेवार अभिव्यक्ति बाट हमेसा आफुलाइ सतर्क राखने जस्ता पेसागत आचरण सम्बन्धि प्रकाश पारेका थिए ।
त्यस्तै प्रमाण पत्र वितरण तथा शपत ग्रहण कार्यक्रमका विशिष्ट अतिथि बरिस्ठ अधिवक्ता श्याम कुमार मिश्रले नव कार्यसमिति लाई पेसागत हकहितका लागी एकताबद भइ जुनुनका साथमा सिर्जनात्मक कार्यगर्न आग्रह गरेका थिए ।
प्रमाण पत्र वितरण तथा शपत ग्रहण कार्यक्रममा नेपाल लेखापढ़ी कानून व्यवसायी एशोसिएशन जनकपु संयोजक उतम चौधरी थारु ,राज कुमार साह ,श्याम सुन्दर यादव ,प्रमोद कुमार कर्ण लगायतकाले आ आफ्नो मन्तव्य राखेका थिए ।