सिर्जनशील समाज निर्माणमा युवाहरुको भूमिका अपरिहार्य : मुख्यमन्त्री सिंह

2 वर्ष पहिले प्रकाशित

 

जनकपुर धाम, असार १४ शुक्रबार 

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संमृद्ध सिर्जनशील समाज निर्माणमा युवाहरुको भूमिका अपरिहार्य रहेको बताएका छन् ।आज शुक्रबार जनकपुरधाम उपमहानगरपालिका ४ रामचोकस्थित श्रीराम युवा कमिटीको नवनिर्मित राम व्यायामशाला उद्घाटन गर्दै उनले यस्तो बताएका छन् । 

 

उनले आज भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा निर्माण भएको व्यायामशालाको उद्घाटन गरेको हो । व्यायामशाला २५ लाखको लागतमा निर्माण भएको श्रीराम युवा कमिटीको अध्यक्ष प्रमेश्वर साहले बताएको छ ।मुख्यमन्त्री सिंहले उहाँले भने, ‘अहिले धेरैजसो युवाहरु विसङ्गतिमा फसिरहेको छ। । भविष्यको कर्णधार ती युवाहरुलाई त्यसबाट टाढा राख्न युवा क्लवहरुले अहम भूमिका खेल्नुपर्छ।’ पछिल्लो समय युवापुस्ता विसङ्गतितर्फ लागिरहेको अवस्थामा यस खालका व्यायामशालाले विसङ्गतिलाई रोक्न महत्वपूण भूमिका खेल्ने मुख्यमन्त्री सिंहले बताए । 

 

मधेश प्रदेश सरकारको बजेटमा युवाहरुलाई विशेष प्राथमिकतामा राखिएको उनले बताए । सरकारले अगामी आर्थिक वर्षमा सुर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन तथा लागू औषधि दुव्र्ययसन न्यूनीकरण गर्न मधेश प्रदेशको ८ वटै जिल्लामा पुनस्थापना केन्द्र संचालनमा ल्याउने सरकारको तयारी रहेको मुख्यमन्त्री सिंहले बताए । 

 

उनले खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन जिउनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने बताए । 

 

मुख्यमन्त्री सिंहले सबैलाई व्यायामशालाको भरपुर उपयोग गर्न आग्रह गर्दै यसको संरक्षण र सम्बद्र्धन गर्ने दायित्व पनि नागरिकको रहेको बताए । स्वास्थ्य सेवालाई थप विस्तार गर्न नागरिक स्वस्थ रहनुपर्छ भन्ने मूल ध्येयले “मेरो स्वास्थ्य मेरो जिम्मेवारी’’ नाराका साथ हरेक पालिकासँगको समन्वयमा नागरिक आरोग्य केन्द्रको स्थापना गरी स्वस्थ्य नागरिक समृद्ध प्रदेशको अभियान समेत संचालन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  अर्जुन कुमार साह  जनकपुर धाम, चैत्र ६ गते  धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवामा मुसहर समुदा..

  दीपक श्रेष्ठ मंडल  जनकपुरधाम, चैत्र ६ गते रेन (RAIN) को आयोजनामा जनकपुरधाममा जलवायु परिवर्तनसम्बन्धी एक महत्वप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, चैत्र ६ गते जनकपुरधाम–२४ स्थित श्री गोग्ल प्रसाद नमूना माध्यमिक विद्यालयमा आ..

  राष्ट्रिय आवाज  चैत्र ५ गते  आजमगढ — सन्त निरंकारी मिशनको आयोजनामा निरंकारी यूथ फोरमअन्तर्गत यूथ सिम्पो..

  राष्ट्रिय आवाज  जनकपुरधाम, चैत्र ५ गते धनुषाको यदुकहा बजारमा गरिएको आकस्मिक बजार अनुगमनले उपभोक्ता माथि हु..