मधेश प्रदेशमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन

2 वर्ष पहिले प्रकाशित

 

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिइएको छ ।

 

मंगलबार प्रदेशको सुरक्षा व्यवस्थाबारे जानकारी लिने उद्देश्यका साथ जनकपुरधाममा बोलाइएको बैठकमा उनले सो निर्देशन दिइएको छ । मुख्यमन्त्री सिंहले प्रदेशका आठै जिल्लाका प्रहरी प्रमुखलाई मधेशमा चोरी, डकैटी जस्ता घटनाहरुलाई न्यूनिकरण गर्न राती गस्ती खटाउन र तस्करीलाई रोकथाम गर्न निर्देशन दिइएको हो । 

 

प्रदेशमा बढ्दो महिला हिंसा,अपराधिक कृयाकलाप, आत्महत्या लगायतका घटनालाई रोकथाम गर्न प्रहरीको विशेष भूमिका रहेकोले यस्ता कृयाकलपा रोक्न समाजमा जनचेतना फैलाउन पनि आग्रह गरे । 

 

सुन्दर र शान्त मधेश प्रदेशको कल्पना गरे बमोजिमको अगामी कार्ययोजना बनाउन पनि मुख्यमन्त्री सिंहले प्रहरी अधिकारीहरुसँग सुझाव लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रहरी अधिकारीहरुले पनि आफ्नो अगामी योजनाबारे मुख्यमन्त्रीलाई जानकारी गराएको थियो ।बैठकमा सुरक्षा निकायका प्रमुखहरूले प्रदेशको सुरक्षा व्यवस्थाहरू बारे व्रिफिङ्ग गरेको थियो ।

 

बैठकमा प्रहरी नायब महानिरीक्षक यज्ञ विनोद पोखरेलसहित मधेश प्रदेशका आठवटै जिल्लाका सुरक्षा निकायको प्रमुखहरुको उपस्थिति रहेको मुख्यमन्त्री सिंहको सचिवालयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..