विपत व्यवस्थापनको पूर्व तयारीमा तीनै तहका सरकारबीच सहकार्य अति आवश्यक : मुख्यमन्त्री सिंह

2 वर्ष पहिले प्रकाशित

 

जनकपुरधाम , असार १८ मंगलबार 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विपतजन्य व्यवस्थापनको पूर्व तयारीमा तीनै तहका सरकारबीच सहकार्य हुन अति जरुरी रहेको बताउनुभएको छ ।

 

मधेश प्रदेशका गृह, संचार तथा कानून मन्त्री बिमला अन्सारीको अध्यक्षतामा मंगलबार जनकपुरधाममा भएको संघ, प्रदेश र स्थानीय तहका साझा अधिकार अन्तर्गत विपत व्यवस्थापन लागि अन्तरसरकार सम्बन्ध सुढृढीकरण विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले विपतबाट जोगिन थोरै लगानीमा पूर्व तयारी गरिए ठूलो क्षतिको जोखिम कम गर्न सकिने बताउनुभयो । 

 

मधेश प्रदेश सरकार प्राकृतिक विपतको सामना गर्न साधन र श्रोतले भ्याएसम्मका सबै तयारी गर्न तयार रहेको उहाँको भनाइ थियो ।

 

मुख्यमन्त्री सिंहले प्राकृतिक विपतमा परेर घर गुमाएकाहरूलाई राहतस्वरुप १ लाख गरिबहरूलाई ३ लाखको घर बिमा गरिदिने गरि प्रदेश सरकारले रकम विनियोजन गरेको बताउनुभयो ।

 

मधेश प्रदेशका अर्थमन्त्री भरत प्रसाद साहले विपदतपछि पीडितलाई दिने राहत व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभयो ।

 

सो कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव,स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह,वन तथा वातावरण मन्त्री त्रिभुवन साहको पनि उपस्तिथि रहेको थियो।

 

त्यसैगरी , मधेश प्रदेशका ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला समन्वय समितिका प्रमुखहरू, विभिन्न पालिकाका प्रमुखहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..