PAN को संयोजकत्वमा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

1 वर्ष पहिले प्रकाशित

 

जनकपुर धाम २०८१ असार २२ 

 

 

प्रधानाध्यापक संघ नेपाल(PAN)को संयोजकत्वमा जिल्ला स्तरीय हाजिरी जवाफ् प्रतियोगिता नमुना मा. वि.गिद्धा-बेलापट्टीमा भब्य रुपले सम्पन्न भएका छन । प्रतियोगितामा प्र.अ.,विद्यालय प्रतिनिधि र विद्यार्थीहरुको सक्रिय सहभागितामा भएको कार्यक्रममा मा.वि.तर्फ १७ ओटा विद्यालय र आधारभुत तर्फ २२ वटा विद्यालयले सहभागिता जनाएका थिए।

principals association of nepal,Madhesh province( dhanusha) का अध्यक्ष तथा श्री जनता नमूना मा.वि. गिद्धा-बेलापट्टी,विदेह:6 का प्रधान अध्यापक पावन मंडल सरको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुमा प्रतिस्पर्धात्मक क्षमताको विकासमा अतिरिक्त क्रियाकलाप हाहरी जबाफ प्रतियोगिताको महत्वपूर्ण भूमिका खेलेको हुनाले याे आयोजना गरेको बताएका छन। प्र अ मंडलले सबै विद्यार्थी नमुना विद्यार्थी बनाउनु पर्नेमा जोड़ दिँदै प्रत्येक शिक्षक कर्मी माहुरीले झै शिक्षकको भूमिका हुनुपर्नेमा जोड् दिएका थिए।नमुना मा. वि.गिद्धा-बेलापट्टी नमुना स्कुल बनाउनमा शिक्षक, अभिभावक, स्थानिय सरकार, प्रदेश सरकार , जिल्ला विकास तथा समन्वय एकाई धनुषा लगायतका सक्रिय सार्थक सहयोग बाट मात्र संभव भएको बताएका थिए।प्र अ मंडलले विद्यार्थीमा थप ज्ञानको प्रवाह गरी निरन्तर IQ र GK तथा विषयगत शिक्षणलाई अतिरिक्त क्रियाकलापको रुपमा अगाडि बढाई शैक्षिक क्रान्ति ल्याउने उदेश्यले संचालन गरिएको उक्त कार्यक्रममा हार र जीतलाई भन्दापनि "सक्रिय सिकाइलाई निरंतरता , सम्पूर्ण विद्यालयको साझा प्रतिबद्धता " भन्ने थप उदेश्यका साथ संचालन गरिएको जनाएका थिए।

 

 हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि धनुषा जिल्ला शिक्षा विकास तथा समन्वय एकाई धनुषाका प्रमुख चेतकुमार पोख्रेलले राम्रो कार्य गर्ने शिक्षक लाई प्रसंशा गर्नुपर्ने भन्दै नमुना स्कुल बनाउन शिक्षकहरुको सार्थक सक्रिय सहभागितामा हुनुपर्ने मा जोड दिएका थिए।

 

नतिजाको रुपमा मा.वि..तर्फ प्रथम नमूना मा.वि. गिद्धा-बेलापट्टी, द्वितीय बनरझुला,तृतीय परवाहा र सान्त्वना नगराईन भएको थियो। त्यस्तै आधारभूत तर्फ प्रथम बनरझुला,द्वितीय गिद्धा- बेलापट्टी ,तृतीय कठाल र सान्त्वना मुखियापट्टी मुसर्निया विद्यालयले प्राप्त गरेका थिए ।प्रतियोगिता संचालन नमूना मा.वि गिद्धा-बेलापट्टीका विनय कुमार मंडल सरले गरेका थिए।

कार्यक्रमा विशिष्ट अतिथिमा शिक्षक अभिभावक संघका अध्यक्ष श्री उतिमलाल मंडल , लगायत शिक्षक ,अभिभावक ,विद्यार्थी, समिति गण लगायततका व्यक्तित्वहरुको सक्रिय उपस्थिति रहेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..