मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा सिरहाका शिवराम यादव

2 वर्ष पहिले प्रकाशित

 

जनकपुर धाम, साउन १० बिहीबार 

 

जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव लाई नियुक्त गर्न सिफारिस गरिएको छ।प्रदेशका मुख्यमन्त्री सतिश सिंहले शिवराम यादवलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई सिफारिस गरेका हुन् ।

 

५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरियाका निवासी हुन् ।गत २०७६ भदौ ४ गते गठन भएको मधेश प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादव तथा सदस्य महारुद्र झा उमेर हदका कारण केही महिना अगाडि पदमुक्त भएका थिए । आयोगमा अहिले एकजना सदस्य डा. सुजाता देव मात्रै छिन् ।

 

तीन सदस्यीय आयोगमा दुई सदस्य रिक्त हुँदा कर्मचारी नियुक्ति र बढुवा लगायतका काम प्रभावित भएका छन् । आयोगले गर्ने कामका लागि दुई पदाधिकारी हुनैपर्ने कानुनी व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  धनुषा, जेष्ठ १४ गते  धनौजी गाउँपालिका–२ स्थित राम जानकी मन्दिर परिसरमा युवाहरुलाई लक्षि..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १३ गते    संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहयोग तथा आसमान नेपा..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १४ गते    सात वर्षदेखि कार्यान्वयनको प्रतीक्षामा रहेको उद्योग प्रशास..

  बिनोद कुमार साह जनकपुरधाम, जेष्ठ १४ गते मधेस प्रदेशको धनुषा जिल्लास्थित तिरहुतिया गाछीमा पतंजली योग समिति धन..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम जेष्ठ १३गते    विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले शहीद न..